News Category 2074/09/07

परिवार नियोजन संघद्वारा २ सय ४ महिलाको पाठेघर मुखको क्यान्सर परिक्षण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
नेपाल परिवार नियोजन संघ सप्तरीले पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा उपलब्ध गराएको छ । 
परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीले दिएको जानकारी अनुसार सन् २०१७ सम्ममा २ सय ४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परिक्षण गराइसकेको जानकारी दिएका छन् । 
उनले यस्ता प्रशिक्षण परिवार नियोजनको राजविराजस्थित कार्यालयमा समेत र संघको जिल्लास्थित अन्य स्थानमा रहेको शाखामा २५ जना महिलाहरु समूह बनेपछि एकैपटक प्रशिक्षण गरिरहेको जानकारी दिए ।  
यस प्रशिक्षणले पाठेघरमा क्यान्सर लागेको वा नलागेको कुरा पत्ता लगाई यदी क्यान्सरको लक्षण देखा परेमा पीडितलाई परिवार नियोजनको धरान र इटहरी शाखामा रेफर गरिने गरेको उनले बताए । हालसम्म परिक्षण गरिएको मध्ये ९ जना महिलाहरुको पाठेघरमा क्यान्सरको लक्षण देखापरेपछि धरान र इटहरी रेफर गरिएको र उनीहरु सो रोगबाट मुक्त भएको शाखा प्रबन्धक गिरीले जनाए । 
यस्तै परिवार नियोजन सप्तरीबाट सन् २०१७ को जनवरीदेखी हालसम्ममा सुरक्षित गर्भपतन सेवा १ सय ३८, आकस्मिक परिवार नियोजन साधन १ सय १, महिला कण्डम १ सय ४८, कपर टी ९, इम्प्लान्ट ४ सय ३, डिपो प्रोभेरा ३ हजार ७ सय ७, पुरुष कण्डम ३ हजार ३ सय ९६ र पिल्स ५ हजार १ सय ८६ जनाले सेवा लिएको जानकारी दिएको छ । 
यता बि.स. २०३४ सालदेखी सप्तरी जिल्लाको विभिन्न क्षेत्रमा प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको परिवार नियोजन संघले धरमपुर, रुपनगर, ठेलिया, बकधुवा, तेरहौता, तिलाठी, विषहरिया, बभनगामाकट्टी, ईटहरी विष्णुपुर, छिन्नमस्ता, राजविराज र मधवापुरमा क्लिनिक संचालन गरि सेवा दिइरहेको छ ।  
संघले निशुल्क परिवार नियोजनका अस्थायी साधनहरु, निशुल्क प्रजनन स्वास्थ्य सम्बन्धि सेवाहरु, पाठेघरको मुखको क्यान्सर परिक्षण र सुरक्षित गर्भपतन सेवा लगायत दिँदै आइरहेको छ । 
यस्तै संघले सन् २०१७ मा नियमित कार्यक्रमहरुका साथै बाढीपीडित क्षेत्र सकरपुरा, तिलाठी र कोइलाडीमा ९ दिने प्रजनन स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त शिविरमा स्त्रीरोग १ सय ६०, यौन रोथ २ सय १७, गर्भवती तथा सुत्केरी ७३, बालबालिका १ सय ६४, हिंसाका शिकार भएका ५२ तथा ७ सय ९१ साधारण स्वास्थ्य जाँच गरि २ सय ५७ जना पुरुष र १ हजार ३६ महिलाहरुलाई निशुल्क औषधी उपचार दिएको संघले जनाएको छ । त्यसैगरि १ सय जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई १ सय वटा डिजनिटी किट निशुल्क वितरण समेत गरेको जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस