News Category 2074/09/07
परिवार नियोजन संघद्वारा २ सय ४ महिलाको पाठेघर मुखको क्यान्सर परिक्षण
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
नेपाल परिवार नियोजन संघ सप्तरीले पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा उपलब्ध गराएको छ ।
परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीले दिएको जानकारी अनुसार सन् २०१७ सम्ममा २ सय ४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परिक्षण गराइसकेको जानकारी दिएका छन् ।
उनले यस्ता प्रशिक्षण परिवार नियोजनको राजविराजस्थित कार्यालयमा समेत र संघको जिल्लास्थित अन्य स्थानमा रहेको शाखामा २५ जना महिलाहरु समूह बनेपछि एकैपटक प्रशिक्षण गरिरहेको जानकारी दिए ।
यस प्रशिक्षणले पाठेघरमा क्यान्सर लागेको वा नलागेको कुरा पत्ता लगाई यदी क्यान्सरको लक्षण देखा परेमा पीडितलाई परिवार नियोजनको धरान र इटहरी शाखामा रेफर गरिने गरेको उनले बताए । हालसम्म परिक्षण गरिएको मध्ये ९ जना महिलाहरुको पाठेघरमा क्यान्सरको लक्षण देखापरेपछि धरान र इटहरी रेफर गरिएको र उनीहरु सो रोगबाट मुक्त भएको शाखा प्रबन्धक गिरीले जनाए ।
यस्तै परिवार नियोजन सप्तरीबाट सन् २०१७ को जनवरीदेखी हालसम्ममा सुरक्षित गर्भपतन सेवा १ सय ३८, आकस्मिक परिवार नियोजन साधन १ सय १, महिला कण्डम १ सय ४८, कपर टी ९, इम्प्लान्ट ४ सय ३, डिपो प्रोभेरा ३ हजार ७ सय ७, पुरुष कण्डम ३ हजार ३ सय ९६ र पिल्स ५ हजार १ सय ८६ जनाले सेवा लिएको जानकारी दिएको छ ।
यता बि.स. २०३४ सालदेखी सप्तरी जिल्लाको विभिन्न क्षेत्रमा प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको परिवार नियोजन संघले धरमपुर, रुपनगर, ठेलिया, बकधुवा, तेरहौता, तिलाठी, विषहरिया, बभनगामाकट्टी, ईटहरी विष्णुपुर, छिन्नमस्ता, राजविराज र मधवापुरमा क्लिनिक संचालन गरि सेवा दिइरहेको छ ।
संघले निशुल्क परिवार नियोजनका अस्थायी साधनहरु, निशुल्क प्रजनन स्वास्थ्य सम्बन्धि सेवाहरु, पाठेघरको मुखको क्यान्सर परिक्षण र सुरक्षित गर्भपतन सेवा लगायत दिँदै आइरहेको छ ।
यस्तै संघले सन् २०१७ मा नियमित कार्यक्रमहरुका साथै बाढीपीडित क्षेत्र सकरपुरा, तिलाठी र कोइलाडीमा ९ दिने प्रजनन स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त शिविरमा स्त्रीरोग १ सय ६०, यौन रोथ २ सय १७, गर्भवती तथा सुत्केरी ७३, बालबालिका १ सय ६४, हिंसाका शिकार भएका ५२ तथा ७ सय ९१ साधारण स्वास्थ्य जाँच गरि २ सय ५७ जना पुरुष र १ हजार ३६ महिलाहरुलाई निशुल्क औषधी उपचार दिएको संघले जनाएको छ । त्यसैगरि १ सय जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई १ सय वटा डिजनिटी किट निशुल्क वितरण समेत गरेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ