News Category 2074/09/07
अन्तराष्ट्रिय मैथिली सम्मेलन आजदेखी सुरु हुँदै
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरी सदरमुकाम राजविराजमा अन्तराष्ट्रिय मैथिली सम्मेलन आजदेखि शुरु हुदैछ । शुक्रवार र शनिवार गरी दुई दिनसम्म सञ्चालन हुन लागेको उक्त सम्मेलनको नागरिक उड्डयन तथा संस्कृति मन्त्री जितेन्द्रनारायण देवद्वारा औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मैथिली साहित्य परिषद् राजविराजको संयोजनमा हुन लागेको उक्त सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको तथा अतिथिहरु आउने क्रम समेत शुरु भईसकेको मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले जानकारी दिएका छन् ।
नेपालमा सबैभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थित रुपमा विस्तार गर्न, भाषाको संरक्षण–सम्वद्र्धन गर्न उचित वातावरणको निर्माण गर्न ‘अन्तराष्ट्रिय मैथिली सम्मेलन’ आयोजना गर्न लागिएको उनले बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन ७ गते ११ वजे स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा भेला भई भव्य मिथिलाको परम्परागत झाँकी जुलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरी अनूपदास धर्मशालामा पुगेर मञ्चीय कार्यक्रम सञ्चालन हुने संयोजक झाले बताएका छन् । सम्मेलनमा स्मारिका र केही पुस्तकहरुको विमोचन, ‘मिथिलारत्न’ र ‘मिथिलाश्री’ सम्मान समेत नेपाल–भारतका विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गरिनेछ ।
उद्घाटन सत्र समाप्ति पश्चात तत्काल नेपाल–भारतका अतिविशिष्ट कलाकर्मीहरुद्वारा भव्य सांस्कृतिक कार्यक्रमको प्रस्तुति हुने कार्यक्रम आयोजना गरिने ‘अन्तर्राष्ट्रिय मैथिली सम्मेलन’ मूल आयोजक समितिका सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् । दोश्रो दिन विहान ९ देखि १ बजेसम्म विचार गोष्ठी राखिएको छ ।
नेपाल–भारतका करिब दुई सय प्रतिनीधिको सहभागिता रहने दुबै दिनको कार्यक्रममा नेपाल र भारत दुबै देशका लब्ध प्रतिष्ठित लेखकद्वारा लेखिएका पुस्तकहरुको प्रदर्शनी समेत राखिने उनले जानकारी दिएका छन् । मैथिली भाषा, साहित्य, संस्कृति र कलाको सर्वतोमुखी उत्थानका साथै अन्य मातृभाषा समेतको उत्थानको उचित अवसरको खोजी गर्दै तथा मैथिलीलाईं राज्यका हरेक तहमा समुचित र सम्मानजनक स्थान दिलाउन सन्देश प्रवाहित गर्ने उद्देश्यले विसर्जन समारोहमा एउटा ‘राजविराज घोषणापत्र’ सार्वजनिक प्रस्ताव पारित गरिने पनि कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ