News Category 2074/09/07
ब्लड क्यान्सरबाट पीडित पत्रकार माझीका छोराको उपचरार्थ आर्थिक सहयोग प्रदान
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
ब्लड क्यान्सरबाट पीडित बालक गणेश कुमार माझीका परिवारलाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
राजविराजवाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सहसम्पादक रहेका पत्रकार कमानन्द माझिका छोरा ब्लड क्यान्सरबाट पीडित गणेशको उपचारका लागि सप्तरीका सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन् ।
पत्रकार शैलेन्द्र कुमार सिंहको बिशेष पहलमा सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुबाट संकलन भएको रु. २२ हजार ५ सय नगद आर्थिक सहयोग प्रदान गरेको सप्तरी युथका बिष्णु यादवले जानकारी दिए ।
जनता मावि खुरहुरीयामा कक्षा १० मा अध्ययनरत रहेका गणेशको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको र थप उपचारको लागि केही दिनपछि दिल्ली लैजानुपर्ने पीडित बालकका बुवा कमानन्दले जानकारी दिएका छन् ।
यता बिगत ३ महिनादेखि ब्लड क्यान्सरबाट पीडित छोरा गणेशको आफनो क्षमताले भ्याएसम्म खर्च गर्दा पनि नपुगी थप रकमको आवश्यक्ता परेका कारण सहयोग गर्न उहाँले सबैसँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ