News Category 2074/09/08
१५ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन शुरु
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
नेपाल र भारतका मैथिली अभियानी अगुवाको सहभागीता १५ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन शुक्रबारदेखी सप्तरी सदरमुकाम राजविराजमा सुरु भएको छ ।
मैथिली भाषाको राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण, सम्वद्र्धन र यसकालागी उचित वातावरण तयार गर्ने उद्देश्यले दुई दिने अन्तराष्ट्रिय मैथिली सम्मेलन शुरुभएको हो ।
‘‘प्रदेश नं. २ वासी के आशा ः मैथिली हो राज्य के भाषा’’ प्रमुख नाराका साथ शुरुभएको सम्मेलनको एक समारोहबीच प्रमुख अतिथी नागरीक उड्डयन तथा संस्कृति पयर्टन मन्त्री जितेन्द्र नारायण देवले पानसमा दिप प्रज्जवलन गरी उदघाटन गरे ।
सो अवसरमा उनले ऐतिहासीक र समृद्धता रहेको मैथिली भाषा साहित्यको संरक्षण र सम्वद्र्धनमा जोड दिदै यसका लागी आपूmले पनी आफ्नो स्तरबाट हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
१५ औं अन्तराष्ट्रिय सम्मेलन समितिका संयोजक सुभचन्द्र झाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा अन्तराष्ट्रिय मैथिली सम्मेलनको संस्थापक महासचिव वैद्यनाथ चौधरी (वैजु), अन्तराष्ट्रिय मैथिली सम्मेलनका नेपाल प्रभारी एव् मैथिली भाषाका अभियानी रामभरोस कापडी (भ्रमर), वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डल, मैथिली समाज नेपाल बुटवलका अध्यक्ष मुखिलाल चौधरी, डा. रेवतीरमण लाल, डा. दिपक झा, मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष अशोक झा, भारतका मैथिली अभियानी डा. वचकुन पासवान लगायतले पनी सम्बोधन गर्दै मैथिली भाषा र संस्कृतिको जर्गेनामा जोड दिएका छन् ।
सम्मेलन स्थलमा मैथिली भाषाका विद्धान लेखकहरुद्वारा लेखिएको विभिन्न कृतिहरुको स्टल पनी राखिएको छ । उद्घाटन समारोहका क्रममा मैथिली भाषा संस्कृति र कला क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका मैथिली अभियानीहरुलाई मिथिला रत्न र मिथिला श्री पुरस्कारबाट सम्मान गर्नुका साथै मैथिली भाषामा लेखिएका विभिन्न नयाँ कृतिहरुको विमोचन पनि गरियो । सम्मेलनमा नेपाल र भारतका गरी २ सय भन्दा बढी मैथिली अभियानी अगुवाहरुको सहभागीता छ ।
यसअघि स्थानीय पब्लिक विन्देश्वरी मावि विद्यालयबाट हजारौको संख्यामा मिथिला संस्कृति र कला झल्कीने झाँकी सहित सहभागिद्वारा नगरको विभिन्न भागको परिक्रममा गरिएको थियो ।
दुई दिन सम्म चल्ने सम्मेलनको दोस्रो दिन शनिबार विचार गोष्ठीको आयोजना गरी प्रदेश नं. २ मा मैथिली भाषालाई कामकाजको भाषा बनाउनुपर्ने विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत गर्ने, नेपाल र भारतका विश्ष्टि कवि र कवियत्री को सहभागितामा कवि गोष्ठी र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तय भएको सम्मेलनका प्रभारी रामभरोस कापडीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ