News Category 2074/09/09
संविधान संशोधन नभए पुनः सडक आन्दोलन ः राजेन्द्र महतो, शहिद परिवारलाई १÷१ लाख प्रदान
राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अमेरिकामा बासोवास गर्ने मधेशी समुदायको मधेशी एशोसिएशन इन अमेरिका “मा” नामक संस्थाले शनिवार राजविराजमा आयोजना गरेको शहिद परिवारलाई सम्मान तथा नव निर्वाचितलाई शुभकामना र वधाई कार्यक्रममा प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उनले सो चेतावनी दिएका हुन् ।
धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका महतोले मलेठ घटना पश्चात् निर्माण भएको मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाए अनुसार संविधान संशोधनलाई पहिलो प्राथमिक्तामा राखेको बताए ।
मलेठ घटनापछि मधेशी जनताको जनादेशले ६ मधेशी दललाई एकै छातामूनी ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मेधशी जनताको भएको जिकिर समेत गरे । उनले मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्विकार गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।
६ महिनासम्म संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै गरिएको आन्दोलनले मधेशी जनतालाई विश्वमा पहिचान गराएको स्मरण गर्दै उनले मधेश गठबन्धन केन्द्रिय सरकारका लागि हतार नगरि पहिला मधेशीको अधिकारप्रति सदनमा समेत लड्न तयार रहेको बताए ।
सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका शहिद परिवारलाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वधाई र शुभकामना समेत दिईएको छ ।
आयोजक संस्थाका महासचिव संजित रौनियार र कार्यक्रमका प्रमुख अतिथि महतोले शहिद परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । मलेठ घटनामा शहिद भएका इनरदेव यादव, वीरेन्द्रकुमार महतो, सन्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह र मधेश आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका राजविराज १ निवासी दिलीप साहको परिवारलाई जनही एक÷एक लाख रुपैयाँ समेत उपलब्ध गराईएको छ ।
कार्यक्रममा स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ