News Category 2074/09/09
संविधान संशोधन नभए पुनः सडक आन्दोलन ः राजेन्द्र महतो, शहिद परिवारलाई १÷१ लाख प्रदान
राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अमेरिकामा बासोवास गर्ने मधेशी समुदायको मधेशी एशोसिएशन इन अमेरिका “मा” नामक संस्थाले शनिवार राजविराजमा आयोजना गरेको शहिद परिवारलाई सम्मान तथा नव निर्वाचितलाई शुभकामना र वधाई कार्यक्रममा प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उनले सो चेतावनी दिएका हुन् ।
धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका महतोले मलेठ घटना पश्चात् निर्माण भएको मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाए अनुसार संविधान संशोधनलाई पहिलो प्राथमिक्तामा राखेको बताए ।
मलेठ घटनापछि मधेशी जनताको जनादेशले ६ मधेशी दललाई एकै छातामूनी ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मेधशी जनताको भएको जिकिर समेत गरे । उनले मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्विकार गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।
६ महिनासम्म संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै गरिएको आन्दोलनले मधेशी जनतालाई विश्वमा पहिचान गराएको स्मरण गर्दै उनले मधेश गठबन्धन केन्द्रिय सरकारका लागि हतार नगरि पहिला मधेशीको अधिकारप्रति सदनमा समेत लड्न तयार रहेको बताए ।
सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका शहिद परिवारलाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वधाई र शुभकामना समेत दिईएको छ ।
आयोजक संस्थाका महासचिव संजित रौनियार र कार्यक्रमका प्रमुख अतिथि महतोले शहिद परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । मलेठ घटनामा शहिद भएका इनरदेव यादव, वीरेन्द्रकुमार महतो, सन्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह र मधेश आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका राजविराज १ निवासी दिलीप साहको परिवारलाई जनही एक÷एक लाख रुपैयाँ समेत उपलब्ध गराईएको छ ।
कार्यक्रममा स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ