News Category 2074/09/11
बाउँबाजे पालाको सोच बदलेर शौचालय बनाउँदै सदा
आयुष श्रेष्ठ
राजविराज, १० पुस ।
बाउँ बाजेकै पालादेखी खुल्ला स्थानमा शौच गर्ने बानी रहेको विष्णुपुर गाउँपालिका साविकको सिम्रहा सिग्यौन गाविस वडा नं. ९ का रामाधिन सदाले अहिले शौचालय निर्माणमा लागिपरेका छन् ।
उनको परिवारमा १८ जना सदस्य रहेका छन् । उनको बुबा पनि शौच गर्न खुल्ला स्थानमा जाने गरेको र बुबाको बुबा अर्थात हजुरबुबा पनि खुल्ला स्थानमै शौच गर्ने गरेको बानीका कारण सदा पनि शौच गर्न खुल्ला स्थान नै रोजे । तर, नेपाल सरकारले खुल्ला दिसा मुक्त अभियान चलाएपछि सदको खुल्ला स्थानमा शौच गर्ने बानीमा परिवर्तन आएको छ ।
उनी अहिले बाउँ बाजे पालको सोचलाई परिवर्तन गरेर शौचालय बनाउन तर्फ अग्रसर भएका छन् । हुनत उनले गत साउन महिनामै शौचालय बनाए थिए । तर, साउन महिनामा आएको बाढीले उनले बनाएको शौचालय समेत भत्काएको छ । बाढीले शौचालय भत्काए पनि उनले पुनः शौचालय बनाउने सोच सो बाढीले भत्काउन सकेन् ।
उनी वर्षको दुई महिना रोजगारीका लागि भारत जाने गरेका छन् । रोजगारीका लागि भारतको मुम्वई वा दिल्ली शहर जाने गरेको बेला सो स्थानमा खुलेआम शौच गर्न नपाइने नियम रहेको स्मरण गर्दै सदाले भने, “मुम्बई दिल्लीमा खुल्ला दिसा पिसाव गर्न निकै कठिन हुने गर्छ, त्यहाँ टायल्स जडित शौचालयहरु हुन्छ । पहिलो पटक भारत जादा त शौचालयमा दिसा पिसाव गर्न निकै अप्ठ्यारो महसुस भएको थियो ।”
त्यही स्मरणीय क्षणलाई उनले आत्मसाथ गर्दै घरमा पनि शौचालय बनाउने अठोठ गरे अनुसार अहिले उनी शौचालय निर्माणमा जुटेका छन् । उनी भन्छन्, “नेपालमा पनि सरकारले बाहिर दिसा पिसाब गर्न बन्देज लगाउँदै छ र भारतमा शौचालयमै दिसा पिसाब गर्ने बानी रहेको हुँदाले समेत अब मैले शौचालय बनाउने निधो गरे ।”
हाल सो स्थानमा सबल नेपाल नामको संस्थाले खुल्ला दिसा मुक्त अभियान संचालन गरिरहेकोले सदा समुदायमा पनि चर्पी बनाउन आग्रह गरे अनुसार उनले अठोठ गरेको बाध्यतामा परिवर्तन भएपछि उनलाई शौचालय निर्माण गर्न सजिलो भएको छ ।
गाउँमा एउटा पनि शौचालय नभएको स्थानमा आफूले मात्र शौचालय बनाएपछि अरुले के भन्लान् भने सोचिरहेको बेला एक दिन सदाका छोरा बिद्यालयबाट घर फर्किएर घरमा शौचालय बनाउनु पर्ने दबाब दिएको स्मारण गरे । उनले शौचालय कीन बनाउने भनेर छोरालाई सोध्दा छोराले भने, “बुवा खुल्ला ठाउँमा हामीले दिसा गर्दा हामीले हाम्रै दिसा आफै खाने गर्छौ, हामीले खुल्ला ठाउँमा दिसा गरे भने त्यहाँ झिंगा लाग्छ, झिंगालाई मन पर्ने खाना भनेकै दिसा हो । दिसा खाने झिंगाको खुटामा दिसा लाग्ने गर्छ र हामीले झिंगा सानो भएकोले उनको खुटामा लागेको दिसा देख्न पाउदैनौ र झिंगा खानामा बस्यो भने खानामा लागेको दिसा पनी हामीले नदेखी दिसा खाने गर्छौं ।”
यत्री मात्र छोराले भनेपछि सदाले शौचालय बनाउनका लागि पैसा जम्मा गर्न थाले । पैसा जम्मा गर्न थालेपछि एक दिन पुनः उनका छोराले बाहिर दिसा पिसाव गर्न जाँदा बाल क्लवका सदस्यहरुले सिटी बजाएर लाज लगाउने थालेको सुनाए । उनी भन्छन्, “म भारतमा कमाउन जाँदा शौचालयमा दिसा पिसाब गर्नेगर्छु, यता नेपालमा पनि सरकारले बाहिर दिसा पिसाब नगर्न नीति बनायो र अब छोराले पनि बाहिर शौच गर्नु हुँदैन् र गरे पनि सिटी बजाउने कार्यले लाज लगाउन थालेकोहुँदा अब पक्की चर्पी नै निर्माण कार्यमा लागेछु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ