News Category 2074/09/14
राजविराज नगरपालिकाको मात्र ४२ घरमा चर्पी निर्माण हुन बाँकी
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
आउ्रँदो तीन दिनभित्र नेपाललाई खुल्ला दिसा मुक्त गर्ने लक्ष्य राखि चलाइएको अभियान अन्तरगत अहिले सप्तरीमा सो अभियान जोडतोड्ले संचालन हुदै अन्तिम चरणमा पुगेको छ ।
यस अभियान अन्तरगत बिहीबार राजविराज नगरपालिका वडा नं. ४ र ८ लाई डिवासीसीद्वारा अनुगमन तथा प्रमाणिकरण गरि खुल्ला दिसा मुक्त घोषणाका लागि अनुमति प्रदान गरेको छ ।
वडा नं. ८ का अध्यक्ष जय नारायण मण्डल र ४ नं. वडाका अध्यक्ष मो. अख्तरअली मियाँ, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख लोकेन्द्र प्रसाद यादव, एसएनभी, यूएनहेविट्याट, सबल नेपाल, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, महिला स्वमयसेविका लगायतको उपस्थितिमा अनुगमन पश्चात् प्रमाणिकरण गरिएको हो ।
राजविराज नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका कार्यक्रम संयोजक राजेन्द्र यादवले हालको १ देखी ८ वडालाई खुल्ला दिसा मुक्त गर्ने अभियान अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।
उनले हालसम्ममा राजविराज नगरपालिकाको वडा नं. ३, ४ र ८ को अनुगमन प्रमाणिकरण भइसकेको र वडा नं. ५ र ६ लाई अनुगमनका लागि डिवासीसीमा पत्र पठाइसकेको जनाए । त्यस्तै बाँकी रहेको १, २ र ७ वडा पनि तीन दिन भित्रै अनुगमन गरि प्रमाणीकरण भइसक्ने उनको भनाई छ ।
यता राजविराज वडा नं. १ देखी ८ सम्ममा जम्मा ६ हजार ९ सय ३६ घरधुरी तथा ३८ हजार ५ सय ५५ परिवार संख्या रहेका छन् । जसमध्ये अभियान पूर्व ५ हजार ६ सय ११ घरधुरीमा चर्पी निर्माण र संचालनमा रहेको संयोजक यादवले जानकारी दिए । त्यस्तै चर्पी निर्माण हुन बाँकी रहेको १ हजार ३ सय २५ घरधुरी मध्ये अभियान पश्चात् १ हजार २ सय ८३ घरधुरीमा चर्पी निर्माण भइसेकेको उनले दाबी गर्दै बाँकी रहेको ४२ घरधुरीमा चर्पी निर्माण अन्तिम चरणमा रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ