News Category 2074/09/14
जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघको साधारण सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघ सप्तरीको दोश्रो साधारण सभा बिहीबार राजविराजमा सम्पन्न भएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष शम्भु प्रसाद यादव (लाली)को अध्यक्षतामा सम्पन्न साधारण सभामा बि.स. २०६९÷०७० देखी २०७३÷०७४ सम्म पाँच वर्षको आय व्यय प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
संघका सहसचिव नेत्र विक्रम साहले सार्वजनिक गरेको प्रतिवेदनमा २०६९÷०७० मा आय ६ लाख ७६ हजार ५ सय र व्यय ४ लाख ९८ हजार ९ सय ११, २०७०÷०७१ मा आय १३ लाख ९४ हजार ८ सय र व्यय ८ लाख ९३ हजार २ सय ६९, २०७१÷०७२ मा आय १७ लाख १७ हजार २ सय र व्यय १४ लाख ६३ हजार २ सय ९३, २०७२÷०७३ मा आय १० लाख १६ हजार र व्यय १२ लाख ४ सय ६२ तथा २०७३÷०७४ मा आय २१ लाख ६१ हजार ४ सय र व्यय १८ लाख ९४ हजार ५ सय ४८ भएको उल्लेख गर्दै पाँच वर्षको जम्मा आय ६९ लाख ६५ हजार ९ सय र खर्च ५९ लाख ५० हजार ४ सय ८३ भएको जनाएको छ ।
त्यस्तै सहसचिव साहले चालु आ.व. २०७४÷०७५ मा २४ लाख २५ हजार अनुमानित आम्दानी हुने समेत जनाएका छन् ।
आय व्यय प्रतिवेदन सार्वजनिकीकरण पश्चात् राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले चार्ड नै जिप, भ्यान तथा मिनी माइक्रो स्टेण्डका पहल गर्ने प्रतिबद्धता जनाए । त्यस्तै सोही सभामा उपप्रमुख साधना झाले छोटो समयमा संघले गरेको प्रगति र पारदर्शीता सकारात्मक भएको उल्लेख गरिन् । सभामा संघका अध्यक्षले अध्यक्षीय प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ