News Category 2074/09/15
समानुपातिकतर्फ प्रदेश नं. २ मा महिला प्रदेशसभा सदस्यहरुको वर्चश्व
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तरगत समानुपातिकतर्फको नतिजा आएको १५ दिन पश्चात् विभिन्न पार्टीहरुले प्रदेशसभा सदस्यहरुको नाम टुङ्गो लगाएको छ ।
पार्टीहरुले हालसम्म प्रदेशसभातर्फको समानुपातिक सांसदहरुको नाम मात्र टुङ्गो लगाउन सकेको छ भने प्रतिनिधिसभातर्फको समानुपातिक सांसदहरुको नाम अझ टुङ्गो लगाउन सकेको छैन् ।
यता प्रदेश नं. २ मा पहिलो पार्टी बनेको संघीय समाजवादी फोरम नेपाल र दोश्रो दल बनेको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रदेश सभा सदस्यदहरुको नामावली सार्वजनिक गरेको छ । यसअघि नेकपा एमाले र माओवादी केन्द्र समेतले प्रदेशसभा सदस्यहरुको नाम सार्वजनिक गरिसकेको छ । काँग्रेसले यो समाचार तयार पारेसम्म नाम सार्वजनिक गरेको छैन् ।
यी चार राष्ट्रिय दल मध्ये फोरम, राजपा र माओवादीले सप्तरीबाट महिलालाई प्रदेशसभा सदस्य बनाएको छ भने एमालेले भने पुरुषलाई बनाएको छ ।
फोरम नेपालले उपमा देव, राजपा नेपालले पुनम यादव र माओवादी केन्द्रले रुबी कर्णलाई सप्तरीबाट प्रदेश नं. २ का लागि प्रदेशसभा सदस्य बनाएको छ भने एमालेले डा. मनोज सिंहलाई प्रदेशसभा सदस्य बनाएको हो ।
यसैगरि फोरमले सार्वजनिक गरेको समानुपातिकतर्फको प्रदेश नं. २ को प्रदेशसभा सदस्यहरुमा ९ जना महिलाहरु नै रहेका छन् । जसमा चन्चमाया मोक्तान, करिमा बेगम, भिमा यादव, सीमा सिंह, उषाकुमारी यादव, उपमा देव, विन्दु कुमारी यादव, चमेली देवी दास र किरण कुमारी यादव रहेकी छिन् ।
यसैगरि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि शुक्रबार समानुपातिकतर्फ प्रदेश नं. २ का प्रदेशसभा सदस्यहरुको नाम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नामहरुमा सात जना महिला र तीन जना पुरुष रहेका छन् । जसमा बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डिम्पल झा, राम नरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा र लैला खातुन रहेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ