News Category 2070/08/24
दलितको १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
संबिधानसभामा दलितको १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग सहित दलितहरुले आईतवार राजविराजमा प्रदर्शन गरेका छन् ।
राजविराजस्थित शिवमन्दिर प्राङगणबाट निष्केको जुलुश बिभिन्न नारासहित नगरपरिक्रममा पश्चात पुनः सोही ठाउँमा पुगी सभामा परिणत भएको थियो ।
सभामा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य असर्फी सदाले संबिधानसभामा दलित समुदायको १३ प्रतिशत सहभागिताको सुनिश्चितता गर्नुपर्नेमा जोड दिदै त्यसका लागि दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।
उहाँले अघिल्लो संबिधानसभामा ५२ जना दलितहरु सहभागिता रहेको चर्चा गर्नुहुँदै अबको संबिधानसभामा त्यतिको संख्यामा दलितको सहभागिता हुनेमा शंका रहेको बताउनुभयो ।
दलित नेटवर्क सप्तरीका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित सभामा नेकपा–माओवादीका जिल्ला सचिव दीपेन्द्र माझी, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बच्चेलाल सरदार, छुवाछुत निगरानी केन्द्रका डम्बर साफी, शम्भुलाल राम लगायतले बोल्नुभयो ।
छुवाछुत दलित निगरानी केन्द्र, दलित नेटवर्क सप्तरी र दलित जनकल्याण युवा क्लब सिरहाको संयुक्त अगुवाईमा जुलुश प्रदर्शन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ