News Category 2074/09/17
एक सय ३१ घटना मध्ये ३९ घरेलु हिंसाका घटना ः प्रतिवेदन
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरी जिल्लामा एक वर्षको अवधिमा १ सय ३१ घटना मध्ये ३९ घरेलु हिंसाका घटना भएका छन् ।
ईन्सेक सप्तरीले आइतबार सन् २०१७ मा भएका अधिकार उल्लघंनका घटनाहरुको प्रतिवेदन सार्वजनिक गर्दै उक्त तथ्याङ्क पेश गरेको हो ।
मानवअधिकार वर्ष पुस्तक सन् २०१८ को पूर्व समिक्षा कार्यक्रममा अनौपचारीक सेवा केन्द्र ईन्सेक प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा कुल १ सय ३१ घटना मध्ये घरेलु हिंसाको ३९, बलात्कारका १४, बलात्कारको प्रयास ८, बहुविवाह ७ र बालविवाहका २ घटना भएको जनाइएको छ ।
यस अवधिमा सुरक्षाकर्मीको गोली लागेर ५ जनाको हत्या र ४ जना गम्भीर घाइते भएका छन् भने तराईमा सशस्त्र आन्दोलनरत भुमिगत संगठन प्रगतिसिल तराई मुक्ति मोर्चाका कार्यकताबाट भएको गोली प्रहारबाट एक जना घाइते भएको उल्लेख छ ।
यसअवधिमा भुमिगत समुहबाट बम विष्फोटका २, तोडफोड, आगजनी २ र नागरीक तथा राजनीतिक अधिकारका लागि भौतिक संरचना र सम्पतिमा क्षतिका १६ घटना भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस्तै कथित बोक्सीको आरोपमा कुटपिटका २, जातिय छुवाछुतका १ र गर्भपतनको १ घटना भएको प्रतिवेदनले देखाएको छ ।
ईन्सेक सदस्य एव् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाको अध्यक्षता आयोजित प्रतिवेदन सर्वाजनिक समारोहमा प्रमुख अतिथि निमिति प्रमुख जिल्ला अधिकारी नरबहादुर खडका, नागरीक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, समुदायिक प्रहरी सेवा मञ्चका अध्यक्ष हितनारायण लाल दास, डिएपसी ध्रुव कुमार श्रेष्ठ लगायतले अधिकार उल्लघंनका घटना न्युनिकरणमा सरोकारवाला सबै एक जुट भई प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ