News Category 2074/09/20
राजविराज बजार भएरै हुलाकी राजमार्ग लैजाने सरकारी निर्णयको बिरोध
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
स्थानियहरुले राजविराज बजार भएरै हुलाकी राजमार्ग लैजाने सरकारी निर्णयको बिरोध गर्दै राजमार्गको नयाँ रेखांकन गर्न ९ बुँदे सुझावसहित प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
हुलाकी राजमार्ग तथा सहायक राजमार्ग पीडित तथा नगर बचाऊ समिति राजविराज सप्तरीले बुधबार सरकारी सो निर्णयको बिरोध गर्दै राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन बुझाएका हुन् ।
समितिका संयोजक रामकृष्ण दासले बुझाएका ज्ञापनमा हुलाकी सडक नगर भित्रबाट बिस्तार गरे नेपालको एक मात्र पहिलो ऐतिहासिक टाउन प्लानिङ राजविराज नगरपालिका भित्र रहेको मठमन्दिर, सरकारी कार्यालय तथा आवास, रंगशाला, पार्क, अतिथि गृह, अदालत, उद्योग तथा कलकारखाना, व्यापारिक प्रतिष्ठान, व्यापारिक तथा आवसिय भवन लगायत सम्पूर्ण संचरना ध्वस्त हुने हुँदा राजमार्गलाई कम क्षति हुने वैकल्पिक मार्गबाट राजमार्ग लैजान सुझाव समेत दिएका छन् ।
सो सडक विस्तार भएमा राजविराज शहर भित्रका हजारौ विगहा जमिन तथा हजारौं घरपरिवार समेतको उठीबास हुन सक्ने बताउँदै उहाँले सो सम्बन्धमा राजविराज नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराएपनि नगरपालिका त्यसतर्फ गम्भिर नभएको आरोप लगाएका छन् ।
सोही ज्ञापनमा राजविराज शहरी क्षेत्रको उत्तर अथवा दक्षिण तर्फ कायम रहेको सडकहरु मध्येबाट नयाँ ढंङ्गले सर्भे तथा सम्भाव्यता अध्ययन गराई हुलाकी राजमार्गबाटै नगरपालिकाको हकमा लगभग पचास प्रतिशत रिङ्ग रोड समेतको अवधारणा साकार हुने गरी सोही ढंङ्गबाट हुलाकी राजमार्ग निमार्ण कार्य अगाडी बढाउनुपर्ने सुझाव प्रधानमन्त्रीको कार्यालयलाई दिइएको उल्लेख छ ।
यसअघि हुलाकी राजमार्ग जिल्लाको जमुनी मधेपुरा गाविसबाट सिधैं राजविराजस्थित जनआन्दोलन चौकबाट अस्पतालको पछाडीतर्फको बाटो हुँदै हनुमाननगरमा जोडिएको जानकारी दिँदै संयोजक दासले बि.स. २०६९ जेठ ९ गतेको मन्त्री स्तरिय निर्णयबाट बलानदेखी राजविराज नगर क्षेत्रको सिरहा रोड–अदालत रोड–कंचनपुर रोड भारदहसम्म ४४ किलोमिटरको सर्भे कार्य सम्पन्न गरि स्वीकृती समेत दिइएको ज्ञापनमा उल्लेख छ ।
बुझाइएको ज्ञापनमा राजविराज नगरपालिकामा हुलाकी सडक नगरपालिका क्षेत्र भित्रबाट लैजादाँ प्लानिङ्ग शहर नै ध्वस्त हुन जाँदा उक्त सडक नगर क्षेत्रको उत्तर वा दक्षिण भागबाट निर्माण हुने गरि व्यवस्थापन गर्न सुझाव समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ