News Category 2074/09/20
चिसोका कारण जिवन कष्टकर बन्दै जाँदा समेत प्रशासन गम्भिर भएन् ः फोरम
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
मधेश लगायत सप्तरी जिल्लामा अत्यधिक चिसोसँगै शीतलहर सुरु भइसकेको हुदा दिनभरीजसो लाग्ने बाक्लो हुस्सु र चिसो हावाका कारण त्यहाको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएकोप्रति संघीय समाजवादी फोरम नेपाल सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवद्वारा बुधबार जारि विज्ञप्तिमा जाडो मौसममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वासमा समस्या देखिने, बृद्धबृद्धाहरुमा जाडोले कठ्यांग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न भइसक्दा पनि चिसोबाट जोगिन स्थानीय प्रशासनले अहिलेसम्म कुनै पनि पहल र उपाय अवलम्बन नगरेको आरोप लगाइएको छ ।
विगतका वर्षहरुमा पनि चिसोमा कठ्याग्रिएर थुप्रै आम जनताले ज्यान गुमाउनु परेको दुःखद अनुभव हुँदाहुँदै पनि मधेशमा बढ्दो शीतलहरबाट जोगिन कुनै पहल नहुनु सरकारकोको गम्भीर लापरवाही भएको विज्ञप्तिम उल्लेख छ ।
विज्ञप्तिमा शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग जोडदार माग गरिनुका साथै यसका साथै शीतलहर प्रभावित क्षेत्रमा न्यानो लुगा कपडा र ताप्ने दाउरा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन विभिन्न सामाजिक संस्था, राजनीतिक दल र स्थानीयवासीसँग अपील समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ