News Category 2074/10/18
राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध भएको छ । उक्त निर्णको सोही क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले बिरोध जनाएका हुन् ।
नेपाल प्राध्यापक संघ मविव क्याम्पस इकाई राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुको बृहत बैठकमा वक्ताहरुले उक्त निर्णय नसच्याइए प्राध्यापक तथा कर्मचारीहरूले आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पसलाई गाभिएको छ ।
मविव क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभिए त्रिवि अन्तरगतको आंगिक क्याम्पसका प्राध्यापक, विद्यार्थीहरुमा भयको वातावरण सृजना भएको बताएका छन् । उनले प्राध्यापक, कर्मचारीहरुको तलबदेखी पेन्सनसमेत प्रभवित हुने र विद्यार्थीहरुको सर्टिफिकेट समेतमा प्रभावित हुने बताए ।
बैठकमाा सहायक क्याम्पस प्रमुख मिथिलेश यादवले राजर्षि जनक विश्वविद्यालय प्रदेश नं. २ मा स्थापना भएकोप्रति स्वागतयोग्य भएको भन्दै सो विश्वविद्यालयमा नयाँ क्याम्पसहरुलाई आवद्धता गराउनु पर्नेमा जोड दिएका छन् । उनले मविव क्याम्पस राजविराज स्थापनाकालदेखी नै त्रिविमा रहेकोले यसलाई त्रिविमै यथावत राख्न माँग समेत गरे ।
यस्तै नेपाल आंशिक प्राध्यापक संघका सभापति रन्धिर कुमार कर्णले राजर्षि जनक विश्वविद्यालयमा मविव क्याम्पस राजविराज गाभिएमा क्याम्पसका अस्थायी, करार, आंशिक शिक्षक र कर्मचारीहरु स्वतः खारेज हुने उल्लेख भएकोले यस्ता कदमको बिरोध गरेका छन् । उनले त्रिविमै क्याम्पसलाई यथावत राख्न सरकारसँग माँग गरेका छन् ।
सोही बैठकमा त्रिवि कर्मचारी संघका केन्द्रिय प्रतिनिधि चन्देश्वर यादवले क्याम्पसलाई गाभ्ने निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै निर्णय यथासिघ्र नसच्याइए आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
बैठकमा नेपाल प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, प्रगतिशिल प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, मधेशवादी प्राध्यापक संघ, आंशिक शिक्षक संघ र त्रिवि कर्मचारी संघले उक्त निर्णयको बिरोधमा ऐक्यबद्धता जनाएका छन् । हाल यस क्याम्पसमा स्थायी, निजि, करार र आंशिक गरि १ सय २१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् ।
यसैबीच सो बैकठले नेपाल प्राध्यापक संघ राजविराजका अध्यक्ष सिंघेश्वर प्रसाद यादवको संयोजकत्वमा गठित सो समितिमा गजेन्द्र कुमार सिंह यादव, पंचदेव यादव, गोवद्र्धन साह, उमेश कुमार यादवलगायत रहेको संघका सचिव राजिव कुमार मिश्रले जनाएका छन् ।
यस्तै समितिले उक्त निर्णयको विरोधमा शुक्रवार स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ