News Category 2074/10/18
मधेशको समस्या समाधान गर्न पुलको दायित्व निर्वाह गर्ने ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसाय संघ राजविराजले बुधबार एक कार्यक्रमबीच नवनिर्वाचित प्रदेश सभा सदस्य नेत्र विक्रम साह र राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेललाई सम्मान गरेको छ ।
प्रदेशसभा सदस्य साह संघका सहसचिव र प्याकुरेल संघका शुभचिन्तक रहेका छन् ।
संघका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा सदस्यद्वय साह र प्याकुरेललाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।
सम्मानित राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले निर्वाचनमा बिजयीपछि आफूनो दायित्व परिवर्तन भएको बताएका छन् । उनले एमालेको प्रतिनिधित्व गर्दै अब मधेशी दल र बाम गठबन्धनको तर्फबाट मधेशको समस्या समाधान गर्न पुलको दायित्व निर्वाह गर्ने बताए ।
नेकपा एमाले सप्तरीका इन्जार्च समेत रहेका प्याकुरेलले निर्वाचनको परिणाम पश्चात् प्रदेश नं. २ मा सबै जातजातीको प्रतिनिधित्व पाएको जिकिर समेत गर्दै प्रदेश समृद्धिको तर्फ उन्मुख भएको उल्लेख गरे ।
विगतमा मेधशको जल, जमिन उपयोग गरेर शासक वर्गले मधेशीलाई वेवास्ता गरेकै कारणले दुरी बढेकोले अब सो दुरीलाई कम गर्न आफूले नयाँ ढंगले दायित्व निर्वाह गर्ने बताए ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य नेत्र विक्रम साहले आफ्नो जिम्मावारी समेत बढेकोले जनताको हितमा काम गर्ने बताए ।
संघका अध्यक्ष यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हरेराम यादव, उपाध्यक्ष रामनारायण साह, सचिव दिवश कुमार श्रोष्ठ, कोषाध्यक्ष श्रीलाल शर्मा, सदस्यहरु श्रीप्रसाद यादव, प्रविण कुमार झा, दिनेश कुमार यादव, रघुनाथ दास, खुबलाल यादव लगायतले सदस्यद्वयलाई सम्मान समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ