News Category 2074/10/20
राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय बिरुद्ध प्रदर्शन, निर्णय सच्याउन संघर्ष समितिले बुझायो ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय नसच्याईए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
सोही क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले उक्त निर्णयको बिरोध गर्दै शुक्रबार राजविराजमा बिरोध ¥याली पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री, शिक्षा मन्त्री, त्रिवि, विश्व विद्यालय अनुदान कार्यालय र त्रिविको रजिष्टार कार्यालय लगायतलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सो चेतावनी दिएका हुन् ।
बुझाइएको ज्ञापनमा मविव क्याम्पस राजविराजलाई त्रिविकै आंगिक क्याम्पसको रुपमा रहने व्यवस्था मिलाउन अनुरोध गर्दै यदी माँग अनुसार क्याम्पसलाई त्रिविको आंगिक क्याम्पसको रुपमा नराखिए बिरोधका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
यता संघर्ष समितिका अध्यक्ष सिंघेश्वर प्रसाद यादवले मविव क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभिए प्राध्यापक, कर्मचारीहरुको तलबदेखी पेन्सनसमेत प्रभवित हुने र विद्यार्थीहरुको सर्टिफिकेट समेतमा प्रभावित हुने बताउनुभयो । उहाँले नव स्थापित विश्वविद्यालयमा कुनै सेवा सुविधाको व्यवस्था समेत नरहेको आरोप लगाउनुभयो ।
नेपाल प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका सभापति सिंघेश्वर प्रसाद यादवको संयोजकत्वमा गठित संघर्ष समितिले निकालेको बिरोध ¥यालीमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पसलाई गाभिएको छ ।
सो ज्ञापन नेकपा एमाले, माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल केन्द्रिय पार्टी कार्यालयसहित नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, नेपाल प्रगतिशिल प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, मधेशवादी प्राध्यापक संघ र त्रिवि कर्मचारी संघ काठमाडौंलाई समेत बोदार्थ गरिएको छ ।
नेपाल प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, प्रगतिशिल प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, मधेशवादी प्राध्यापक संघ, आंशिक शिक्षक संघ र त्रिवि कर्मचारी संघले उक्त निर्णयको बिरोधमा ऐक्यबद्धता जनाएका छन् ।
हाल यस क्याम्पसमा स्थायी, निजि, करार र आंशिक गरि १ सय २१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ