News Category 2074/10/22
पुरानै पसल संचालकले निर्माण हुने नयाँ पसल पाउनु पर्ने माँग, पाँच दिन भित्र ग्यारेन्टीसहितको प्रतिबद्धता नआए आन्दोलन ः व्यापारी
दैनिक समचारदाता
राजविराज, २१ माघ ।
राजविराज नगरपालिकाले वडा नं. ७ गुदडी हटियामा पसल कवल निर्माण गर्नका लागि १५ दिन भित्र सो स्थान खाली गर्न सूचना प्रकाशित गरेपछि हटियाका ब्यापारीहरु निर्माण कार्य सम्पन्न पश्चात् जो जसले जसरी पसल संचालन गरिरहेका छन् उसले नै पसल पाउनु पर्ने माँग सहित नगरपालिकालाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।
हटियाका व्यापारीहरु सम्मिलित गठित संघर्ष समितिका संयोजक बन्धुलाल दासले आइतबार नगरपालिकाका उपप्रमुख साधना झालाई विभिन्न ६ बुँदे माँगसहित उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा पसल संचालन गरिरहेकाहरुले नै गिलेशन निर्माणपछि उक्त गिलेशन पाउनु पर्ने पाँच दिनभित्र ग्यारेन्टीसहितको प्रतिबद्धता आए मात्र प्रकाशित सूचना अनुसार नगरपालिकालाई सहयोग गर्ने उल्लेख गर्दै सो अनुसार नभए संघर्ष समितिले आफ्नो रोजगारीका लागि सशक्त कार्यक्रमहरु बढाउने चेतावनी समेत दिएको छ ।
बुझाइएको ज्ञापनमा दशकौंदेखी हटिया क्षेत्रमा तरकारी पसल गरि आफ्नो जिविकोपार्जन गरि आएका व्यापारीहरुलाई गिलेशन निर्माणको कार्य सम्पन्न नभएसम्मको लागि अर्को उचित स्थानमा अन्तरकालिन सब्जी बजारको व्यवस्था गर्न माँग गरिएको छ । त्यस्तै हाल माछा बजार भएको स्थानमा तत्कालको लागि उक्त हटिया लगाउन सकिने वा उपयुक्त सुलभ स्थानमा छनौट गर्न माँग समेत गरिएको छ ।
त्यस्तै फोहर मैला व्यवस्थापनको उचित योजना सहितको विकास योजना हुनुपर्ने, सुविधाजनक शौचालयको निर्माण गरिनुपर्ने, हटिया क्षेत्रमा निर्माण हुने गिलेशन भवनलाई चार खण्डमा विभाजन गरि खण्ड खण्ड निर्माण गरि व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
हाल तरकारी वा अन्य व्यवसाय गरि बसेका मानिसहरुको आर्थिक अवस्था सवल नभएकोले उनीहरुबाट गिलेशन निर्माणका क्रममा न्यूनतम योगदान गराउन व्यवसायीहरुको छलफलबाट विषयको टुंगो लगाउनुपर्ने माँग गरिएको छ ।
श्रोतका अनुसार हटियामा तीन सय कोठा भएको दुई तल्ले भवन निर्माण गर्न लागिएको छ । सो निर्माण कार्य झण्डै तीन वर्षमा सम्पन्न हुने जनाइएको छ । केन्द्रिय योजना अनुसार सहरी भवन डिभिजन कार्यालयले ३७ करोडको लागतमा उक्त भवन निर्माणको कार्य अगाडी बढाएको छ ।
यता राजविराज नगरपालिकाले हटियाका व्यापारीहरुका लागि हाल राजविराज वडा नं. ४ स्थित भलुवाही छेउमा रहेको इस्लाम मियाँ राप्राविको दक्षिण पट्टी रहेको नगरपालिकाको १२ कठ खाली जग्गामा भवन निर्माण नभएसम्म हटिया लगाउन व्यवस्था मिलाइएको सो वडाका अध्यक्ष मो. अख्तरले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ