News Category 2074/10/23
नेपाल शिक्षक संघ संघर्ष समितिद्वारा महासंघ र संघ कार्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
नेपाल शिक्षक संघ संघर्ष समितिले सोमबार शिक्षक संघ र महासंघको कार्यालय सप्तरीमा तालाबन्दी गर्दै धर्ना बसेका छन् ।
संघर्ष समितिका संयोजक सूर्यनारायण यादवको नेतृत्वमा नेपाल शिक्षक संघ संघीय कार्य समितिको चं.नं. ५४÷०७४÷४÷३० गतेको परिपत्र अनुसार नेपाल शिक्षक संघ सप्तरीको जिल्ला अधिवेशनको माँग गर्दै सो तालाबन्दी गर्दै धर्नामा बसेका हुन् ।
शिक्षक संघको म्याद २०७३ माघमै समाप्त भइसक्दा समेत विभिन्न बहाना गर्दै आलटाल गरेको भन्दै बाध्यभई कार्यालयमा तालाबन्दी गरेको संघर्ष समितिका संयोजक यादवले बताए ।
उनले नयाँ जिल्ला कार्य समिति गठन प्रयोजनका लागि प्रत्येक विद्यालयमा नेपाल शिक्षक संघ नाराका साथ नयाँ सदस्यता, सदस्यता नविकरण गर्ने कार्य प्रारम्भ गरे पनि कार्य समितिका अध्यक्षले अधिवेशन गराउन आलटाल गरेको आरोप समेत लगाए ।
उनले नेपाल शिक्षक संघ संघीय कार्य समितिले २०७४ पुस ३० गतेको निर्देशन एवं नेपाल शिक्षक संघको मुल्यमान्यता समेतलाई अवज्ञा गर्दै निर्धारित समयभित्र नेपाल शिक्षक संघको जिल्ला अधिवेशन नगर्नु, नगराउनु र पुरानै जिल्ला कार्य समितिबाट २०७४ फागुन ११ गते हुन लागेको नेपाल शिक्षक महासंघको जिल्ला अधिवेशनमा संस्थागत रुपमा भाग लिनु जस्ता गैर प्रजातान्त्रिक क्रियाकलाप प्रति घोर भत्र्सना समेत गरेका छन
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ