News Category 2074/10/24
६ महिनामा लक्ष्यको लगभग २७ प्रतिशत मात्रै राजश्व असुली
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा रहेको राजविराज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७४÷०७५ मा लक्ष्य अनुसारको राजश्व असुली गर्न सकेको छैन् ।
चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत सो कार्यालयले लक्ष्यको लगभग २७ प्रतिशत मात्रै राजश्व असुली गर्न सकेको छ ।
भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ८ करोड ६९ लाख ३६ हजार राजश्व असुली गर्ने लक्ष्य लिएकोमा पछिल्लो ६ महिनामा २ करोड ३३ लाख ३७ हजार मात्रै राजश्व असुली गर्न सकेको निमित्त भन्सार प्रमुख रामराजाप्रसाद चौरसियाले जानकारी दिए ।
गत आबमा राजविराज भन्सार कार्यालयले करिब लक्ष्य अनुरुप नै ७ करोड २३ लाख १५ हजार राजश्व असुली गरेको थियो । उक्त आबको लक्ष्य ७ करोड ६२ लाख २६ हजार राजश्व असुली भएको थियो ।
यस स्थानबाट सूर्तीजन्य पदार्थको झण्डै तीन लाख बढीको दैनिक कारोवार हुने गरेको छ । अधिकांश सूर्तीजन्य पदार्थ भारतमा निर्मित हुने गरेकोले अधिकांश सूर्तिजन्य पदार्थले नेपाली बजार पाएपनि त्यसवापत सरकारलाई भन्सार भन्ने सप्तरीबाट शून्य भईरहेको छ ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा सूर्तीजन्य पदार्थबाट एक पैसा पनि राजश्व असुली हुन सकेको छैन । तर, नेपाली बजारमा छ्यापछ्याप्ती पाउने सूर्तीजन्य पदार्थ एक महिनामा मात्रै झण्डै एक करोड बराबरको भारतबाट आयात हुने गरेको छ ।
सिमाक्षेत्रमा हुने बढ्दो तस्करीकै कारण करोड बराबरको सूर्तीजन्य पदार्थ भारतबाट भन्सार बिना नेपाल आईरहेको छ । तर, राजविराज भन्सारका निमित्त प्रमुख रामराजप्रसाद चौरसियाले सप्तरीबाट मात्रै नभई अरु जिल्लाको नाकाबाट पनि सूर्तीजन्य पदार्थ आउने गरेको दाबी गरे । सप्तरीका नाकाहरुबाट मात्रै दैनिक लाखौं बराबरको सूर्तीजन्य पदार्थको तस्करी भईरहेको भनि प्रश्नमा उनले भने, ‘हामीसूग भएको जनशक्तिबाट तस्करी नियन्त्रणमा लागि परेका छौं ।’
गत वर्ष सूर्तीजन्य पदार्थ बोकेका एउटा मिनि ट्रक जफ्त भएपछि त्यसबाट मात्रै राजविराज भन्सारलाई ६ लाख रुपैयाू आम्दानी भएको थियो । तर, सिमाक्षेत्रमा परिचालन भएको नेपाल तथा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुको मिलेमतोमा सूर्तीजन्य पदार्थको तस्करी बढ्दो रहेकाले राजश्व संकलनमा भन्सारलाई ठुलो घाटा भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ