News Category 2074/11/01
राजपा र फोरम नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फको सदस्यको नाम टुङ्गो लगायो
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभामा समानुपातिकतर्फका सदस्यहरुको टुँगो लगाएको छ ।
राजपा नेपालले समानुपातिक तर्फबाट पाएको ६ सीटमा महिलाहरु नै पठाउनु पर्ने बाध्यता रहेकोले ६ जनै महिलाको नाम टुँगो लगाएको हो ।
राजपाबाट आदिवासी जनजाति महिला कोटामा रानी मण्डल र अमृता अग्रहरी परेकी छन् भने खस आर्य महिलातर्फबाट निर्जला राउत, दलित महिलाको तर्फबाट दुलारीदेवी खंग, मधेशी महिलाको तर्फबाट चन्दा चौधरी र रेणु शर्मा परेकी छन् ।
यस्तै संघीय समाजवादी फोरम नेपालले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाएको छ । आइतबार अबेर रातिसम्म काठमाडौँको एक स्थानमा बसेको बैठकले मधेशी र गैरमधेशी नेताहरुको विवादका बीच एक जना पुरुषसहित पाँच जना महिलाको नाम टुंगो लगाएको हो ।
समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ । त्यस्तै, महिलातर्फ बन्द सूची अनुसार नै नाम पठाउने निर्णय भएको छ जसअनुसार मुस्लिम महिलातर्फ रुद्दीनाज मुस्लिम, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्मा परेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ