News Category 2074/11/02
हात्तिको आक्रमणबाट दुई महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
जंगली हात्तिको आक्रमणबाट सप्तरीमा मंगलबार दिउँसो दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ५ पथरी टोलकी ३५ वर्षिया मंजुदेवी साह र सोही वडाकी ४५ वर्षिया द्ुर्गिदेवी मुँखीया रहेकी छिन् ।
घाँस काट्न गएको बेला उनीहरुमाथी हात्तिले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट आएको हात्तिले आक्रमण गर्दा दुबै महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबै महिलाको टाउँको र छातिमा हात्तिले कुल्चिएर मारेको अवस्था शव भेटिएको स्थानियले बताएका छन् । यता हात्ति धपाउने क्रममा आक्रमक भएको हात्तिले पछिफर्किएर लखेटेपछि गाउँलेबीच भागदौड समेत मच्चिएको थियो ।
लामो समयदेखी स्थानिय जंगलमा हात्ति बस्न थालेपछि गाउँले राम्रोसँग निदाँउन पाएका छैनन् । विगत एक वर्षदेखी कंचनरुप नगरपालिका र आसपासका गाउँमा जंगली हात्तिले पाँच दर्जन भन्दा बढी घरमा क्षति पु¥याउनुका साथै लाखौंको अन्नबाली समेत नष्ट गरिदिएका छन् ।
यता विगत एक वर्षको अवधीमा हात्तिको आक्रमणबाट सो क्षेत्रका चार जनाको मृत्यु भइसकेपनि स्थानिय प्रशासनले नियन्त्रणको ठोस उपाय गर्न नसक्दा स्थानियवासी आक्रोसित बनेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ