News Category 2074/11/03
माँग पुरा नभए नगर बाल संजालले आन्दोलन गर्ने
दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
नगर बाल संजालले पटक पटक उठाउँदै गरेको माँगहरुप्रति सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै अबको दश दिनमा माँगहरु सम्बोधन नभए ११ औं दिन आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नगर बाल संजालले बुधबार पत्रकार सम्मेलन गरि सो चेतावनी दिँदै बालबालिकाको भावना र विचारसँग खेलवाड गर्नु भन्दा पनि भावना र विचारलाई सम्मान गर्न अनुरोध समेत गरेको छ ।
बाल संजालले कुनै पनि बन्द हड्तालमा विद्यालय एक दिनको लागि पनि बन्द नहुने गरी पूर्ण रुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, देशभरीकै शिक्षकहरुको शैक्षिक प्रमाण चेकजाच हुनुपर्ने र नक्कली पाएमा सख्त कारवाही गर्नुपर्ने लगायतको माँग अघि सारेको छ ।
त्यस्तै कक्षा १२ सम्मको रजिष्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निशुल्क हुनुपर्ने, एक कक्षा उत्तिर्ण गरी अर्को कक्षामा जानको लागि पुनः भर्नाको चार्ज नहुनुपर्ने, हरेक सरकारी विद्यालयमा बैशाख २५ गतेभित्र किताब पु¥याउनुपर्ने, कुनै पनि जातजातीको चाड पर्वको बीचमा परीक्षा नराख्नुपर्ने, किताबको मनपरी मुल्य बन्द हुनुपर्ने लगायतका १४ बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएको हो ।
संजालका अध्यक्ष मो. जकाउल्लाहले विगतमा पटक पटक माँगहरुबारे रिले अनसन गरिए पनि सम्बन्धित निकायले माँग पुरा गर्ने आश्वास मात्र दिएको भन्दै अब माँग पुरा नभएसम्म जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी र कार्यालयले प्रयोग गर्दै आएको गाडी प्रयोगमा रोक लगाउने जानकारी दिए । त्यस्तै राजविराज नगरपालिकाको एक दिनका लागि कामकाज ठप्प पार्ने समेत चेतावनी दिए ।
उनले आन्दोलनमा विद्यार्थी संगठनहरु समेतले सहयोग गर्ने बताउँदै समस्या समाधानका लागि राजनीतिकर्मी, विद्यार्थी संगठन, नागरिक समाज, बुद्धिजिवि, पत्रकार, संघसंस्था र आम जनतालाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ