News Category 2074/11/03
अत्याधुनिक प्रहरी भवन हस्तानान्तरण
दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
इलाका प्रहरी कार्यालय बोदेबर्साइनका भवन कार्य सञ्चालन गर्न बुधबार हस्तान्तरण गरिएको छ ।
सप्तरीको बोदेबसाईन नगरपालिका वार्ड नं. ५ बर्साइन बजारमा निर्माण भएको साढे दुई तल्ले इलाका प्रहरी कार्यालय भवनको साँचो एक समारोहबीच हस्तान्तरण गरिएको छ ।
नयाँ प्रविधि सहित अत्याधुनिक तरिकाबाट सुविधा सम्पन्न निर्माण गरिएको उक्त भवन बेलायत सरकारको डीएफआइडीको लगानीमा निर्माण भएको हो ।
इलाका प्रहरी कार्यालय बोदेबर्साइनका प्रमुख असई दिपेन्द्रबहादुर बस्नेतलाई युएनओपीएका कार्यक्रम संयोजक तथा पूर्व बरिष्ठ प्रहरी उपरिक्षक इन्द्रप्रसाद न्यौपानेले भवनको साँचो हस्तानान्तरण गरे ।
युएनओपीएसद्वारा निर्मित साढे दुइ तल्ले भवनमा अत्याधुनिक सुविधा सम्पन्न कार्यालय, महिला पुरुष थुनुवा, ब्यारेक, भान्सा, शौचालय, बैठक कक्ष, जनसम्पर्क कक्ष, सहित १७ वटा कोठा रहेको नेपाल आदर्श निर्माण कम्पनीका आयोजना प्रमुख इन्जिनियर धर्मनारायण साहले जानकारी दिए ।
सन २०१६ अगस्तमा निर्माण सम्झौता भई तोकिएको डेढ वर्ष भित्रै भवन निर्माण कार्य पूरा भएको जानकारी दिदै युएनओपीएसका इन्जिनियर शिशिर उपाध्यायले भवन महिलामैत्री, बालमैत्री र अपाङमैत्री रहेको जानकारी दिए ।
सोही कार्यक्रममा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भवन अभावले चाहेरपनि महिलामैत्री, बालमैत्री र अपाङमैत्री वातावरणमा सेवा दिन नसकिरहेको भन्दै अब ती सेवा राम्रो तरिकाले प्रदान हुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोदेबर्साइन नगरपालिका प्रमुख आतेशकुमार सिंह यादव, वार्ड नं. ५ का अध्यक्ष मजेबुर रहमान, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह समेतले विचार व्यक्त गरेका थिए ।
केही दिन अघि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ बर्साइनमा पनि यस्तै प्रहरी चौकी भवन हस्तानान्तर गरिएको थियो । दुबै भवनका गरी रु. साढे पाँच करोडको लागतमा निर्माण भएको नेपाल आदर्श निर्माण कम्पनीका आयोजना प्रमुख इन्जिनियर धर्मनारायण साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ