News Category 2074/11/05
बहिनीको बलात्कारपछि हत्या, दुई वर्षिया बालिका समेत बलात्कृत
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीमा एक युवकले ११ वर्षिया बहिनीको बलात्कार गरि हत्या गरेका छन् । हत्या भएको ९ दिनपछि सप्तरी प्रहरीले सो घटना सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटना सम्बन्धमा बिस्तृत जानकारी दिदैं हत्याका आरोपी समेतलाई सार्वजनिक गरेको छ ।
जिल्लाको खडक नगरपालिका वडा नं. ९ लालपट्टी निवासी राजकुमार मण्डलकी ११ वर्षिया छोरी पार्वती कुमारी मण्डललाई माघ २५ गते साँझ ५ बजे ठूलोबुबाका छोरा १८ वर्षिय राजदेव मण्डलले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । घटना भएको ५ घण्टापछि मात्र प्रहरीले थाहा पाएपछि घटना बारे बिस्तृत अनुसन्धान सुरु गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
माघ २५ गते साँझ ५ बजेतिर पार्वतीले टाउको दुखेको भनेपछि उनकी आमा औषधी खरीद गर्न पसल गएको मौका छोपी राजदेवले सुतिरहेकी पार्वतीलाई बलात्कार गरेको र पछि पावर्तीले कराउन थालेपछि राजदेवले घाटीमा तुना बेरेर उनको हत्या गरेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।
औषधी खरीद गरेर घर फर्किएपछि पार्वती ओछ्यानमै मृत अवस्थामा देखेकी आमाले आफ्नो कालगतिले मृत्यु भएको भन्दै सोही समय दाहसंस्कार गर्ने तयारी गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक हरि बहादुर ढकालले जानकारी दिए । दाहसंस्कार गर्नै लाग्दा हजुरबुबा पर्नेले मृत अवस्थामा रहेकी पावर्तीको हात छामेपछि तातो रहेको भन्दै अस्पताल लैजाने सल्लाह दिए अनुसार स्थानीय अस्पताल लगिएको थियो उनले बताए । अस्पतालका चिकित्सकले उपचार सम्भव नहुने भनेपछि पुनः सिरहास्थित लहान अस्पतालमा पार्वतीको मृत शरीर लगियो र त्यहका चिकित्सकले उनलाई मृत घोषित गरे ।
प्रहरी निरिक्षक ढकालले मृत्यु पश्चात् पोष्टमार्टम गर्न खोजिएपछि घाँटीमा डोरीको डाम देखिए लगत्त चिकित्सकले पार्वतीको मृत्यु कालगतिले नभएको निष्कर्ष निकालेको बताए । सोही समयदेखी प्रहरीले मृत्यु भएको भनिएकी बालिकाको हत्या भएको आंशका गर्दै अनुसन्धालाई तिब्रता दिएको उनले बताए ।
यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका निवासी २ वर्षिया एक बालिकालाई सोही स्थानका १२ वर्षिय नाबालकले बलात्कार गरेको घटना समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको तथा बालकलाई प्रहरीले हिरासतमा राखेको छ ।
पक्राउ परेका मण्डललाई मुलुकि ऐन जवरजस्ती करणि महलको १४ को दफा १ बमोजिम कसुर अपराधमा सोही ऐनको दफा ३(२) अनुसार र दफा (१३) ३मा ज्यान मार्ने मुद्धा संगै हाडनातामा करणी गर्ने मुद्धा चलाउने तयारी गरिएको प्रहरी उपरिक्षक सिंहले बताए ।
बलात्कारका उल्लेखित २ घटनासंगै सप्तरीमा एक वर्षको अवधिमा बालिका बलात्कारको घटना १२ पुगेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ