News Category 2074/11/09
गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नगर्न अदालतको आदेश
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
उच्च अदालत जनकपुर राजविराज इजलासले सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नगर्नु नगराउनु भन्दै मंगलबार विपक्षिको नाममा आदेश दिएको छ ।
स्थानिय दिनेश्वर मिश्रले तिलाठी कोइलाडी गाउँपालिका बिरुद्ध दर्ता गरेको निषेधाज्ञा, परमादेश उत्प्रेषण निवेदनमाथी न्यायाधिश मोहन बहादुर कार्की र राकेश कुमार निधिको संयुक्त इजलासले सो आदेश दिएको छ ।
आदेशमा भनिएको छ, “गाउँपालिकाको नाम र केन्द्र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४(५) बमोजिम नेपाल सरकारबाट हेरफेर भएमा सोही बमोजिम हुने नै हुँदा हाललाई सुबिधा सन्तुलनको दृष्टिबाट निवेदन माग बमोजिम तिलाठी कोइलाडी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नगर्नु, नगराउनु र यथास्थानमा नै कार्यालय संचालन गर्नु, गराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षिहरुका नाउँमा अन्तरिम आदेश जारी गरी यसै अदालतबाट मिति २०७४÷१०÷२६ मा भएको आदेशलाई निरन्तरता कायम गरी दिएको छ ।”
यसअघि सो आदेश सम्बन्धमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रामकृष्ण गौतम, अधिवक्ताहरु सुरेन्द्र प्रसाद यादव, हेम कुमार मिश्र, श्यामनारायण साह, रामानन्द साह, देवबहादुर कटुवाल, धमेन्द्र कुमार यादव, डा. अशोकानन्द मिश्र, सरेन्द्र प्रसाद यादव तथा विपक्षिका तर्फबाट वरिष्ठ अधिवक्ता महेन्द्र कुमार चौधरी, अधिवक्ताहरु सतिश कुमार राय, नवराज क्षेत्री, अशोक कुमार चौधरीले बहस गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ