News Category 2074/11/09
गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नगर्न अदालतको आदेश
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
उच्च अदालत जनकपुर राजविराज इजलासले सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नगर्नु नगराउनु भन्दै मंगलबार विपक्षिको नाममा आदेश दिएको छ ।
स्थानिय दिनेश्वर मिश्रले तिलाठी कोइलाडी गाउँपालिका बिरुद्ध दर्ता गरेको निषेधाज्ञा, परमादेश उत्प्रेषण निवेदनमाथी न्यायाधिश मोहन बहादुर कार्की र राकेश कुमार निधिको संयुक्त इजलासले सो आदेश दिएको छ ।
आदेशमा भनिएको छ, “गाउँपालिकाको नाम र केन्द्र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४(५) बमोजिम नेपाल सरकारबाट हेरफेर भएमा सोही बमोजिम हुने नै हुँदा हाललाई सुबिधा सन्तुलनको दृष्टिबाट निवेदन माग बमोजिम तिलाठी कोइलाडी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नगर्नु, नगराउनु र यथास्थानमा नै कार्यालय संचालन गर्नु, गराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षिहरुका नाउँमा अन्तरिम आदेश जारी गरी यसै अदालतबाट मिति २०७४÷१०÷२६ मा भएको आदेशलाई निरन्तरता कायम गरी दिएको छ ।”
यसअघि सो आदेश सम्बन्धमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रामकृष्ण गौतम, अधिवक्ताहरु सुरेन्द्र प्रसाद यादव, हेम कुमार मिश्र, श्यामनारायण साह, रामानन्द साह, देवबहादुर कटुवाल, धमेन्द्र कुमार यादव, डा. अशोकानन्द मिश्र, सरेन्द्र प्रसाद यादव तथा विपक्षिका तर्फबाट वरिष्ठ अधिवक्ता महेन्द्र कुमार चौधरी, अधिवक्ताहरु सतिश कुमार राय, नवराज क्षेत्री, अशोक कुमार चौधरीले बहस गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ