News Category 2074/11/09
प्रदेश २ मा कृषि क्षेत्रमा पर्याप्त सम्भावना छ ः प्रदेशसभा सदस्य यादव
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
प्रदेश २ का प्रदेशसभा सदस्य विदेश्वर यादवले प्रदेश नं. २ मा कृषि क्षेत्रलाई अगाडी बढाएमा निकै विकासको सम्भावना रहेको बताएका छन् ।
मंगलबार राजविराजमा संचारकर्मीहरुसँग भेटघाट गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलन बोल्दै प्रदेशसभा सदस्य यादवले कृषि क्षेत्र प्रदेश २ को विकासका लागि प्रमुख मेरुदण्ड रहेकोले प्रादेशिक सरकारले यसप्रति विशेष ग्राहयता दिने विश्वास समेत व्यक्त गरे ।
“विकास र बेरोजगारी समस्या समेत समाधान हुन्छ, कृषि क्षेत्रलाई सरकारले थोरै पनि ध्यान पु¥याएमा मुलुककै नमूना र सफल प्रदेशको रुपमा प्रदेश २ विकासित हुने जानेछ ।” उनले भने, “यसका लागि कृषिको मेरुदण्ड भनेको सिंचाई हो, सिंचाईको समेत राम्रो व्यवस्था रहेको यस प्रदेशमा सिंचाईलाई व्यवस्थित गर्न सकिए प्रदेश २ लाई कसैको मुख ताक्ने आवश्यकता पर्दैन् ।”
“विक्कि” उपनाम समेतले परिचित प्रदेश सभा सदस्य यादवले आफ्नो पाँच वर्षे कार्यकालमा कृषि, सडक, शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकतामा राखि कार्य योजना बनाउदै लगेको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा राखेका छन् ।
सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. ३ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य यादवले आफूलाई निर्वाचनमा महत्वपूर्ण मत दिएर निर्वाचित गराउने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै उक्त क्षेत्रको विकासमा सधै अग्रसर रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ