News Category 2074/11/12
अवैध रुपमा भारत लैजादै गरिएको दुई हजार ६ सय ४० किलो स्याउ बरामद, तीन भारतीयसहित ६ पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरी प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट नेपालबाट भारततर्फ अवैध तरीकाले टेम्पु र साइकलमा लोड गरि लैजाँदै गरेको २ हजार ६ सय ४० किलो स्याउ बरामद गरेको छ ।
उक्त मात्रामा स्याउसहित प्रहरीले तीन भारतीय र तीन नेपाली गरि ६ जनालाई पक्राउ गरेको हो । बरामद गरिएको उक्त स्याउको बजार मुल्य भने झण्डै ३ लाख १० हजार पर्ने प्रहरीले जनाएको छ ।
दुई वटा टेम्पुमा स्याउका कार्टुन राखेर राजविराजबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तिलाठी कोईलाडी गाउपालिका १ स्थित नेपाल भारतको सिमाना नजिकै ती टेम्पुलाई बिहीबार राती नियन्त्रणमा लिएको हो ।
यता स्याउसहित दुबै टेम्पु र चालक समेतलाई प्रहरीले पक्राउ गरेको छ । स्याउसहित टेम्पु र पक्राउ परेका चालकद्वय राजविराज १५ का सुजित कुमार यादव र छिन्नमस्ता गाउपालिका ५ का भोगिलाल शर्मा रहेका छन् ।
एउटा कार्टुनमा १० किलोका दरले १ सय ८६ कार्टुनमा १ हजार ८ सय ६० किलो स्याउ रहेको र उक्त स्याउको बजार मुल्य झण्डै २ लाख २५ हजार पर्ने प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
यस्तै प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउपालिका १ स्थित नेपाल भारतको बोर्डरमा रहेको बिनोद रायको घरमा स्याउ भण्डारण गरी भारतीय व्यापारीलाई बिक्रि गर्दै गरेको अवस्थामा प्रहरीले ७ सय ८० किलो स्याउ र साइकलसहित तीन भारतीय र एक नेपाली व्यापारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत देश सुपौल जिल्ला कुनौली थाना ५ निवासी निर्मल कुमार कारक, रितेश कुमार महतो, मनिष कुमार महतो, राजिव महतो र भण्डारण गरेका घरमुली तिलाठी कोईलाडी गाउपालिका १ का बिनोद राय रहेका छन् ।
प्रहरीले स्याउ, टेम्पु, साइकल र पक्राउ परेका ६ जनैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजविराज भन्सार कार्यालय तिलाठी पठाएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ