News Category 2074/11/13
तिलाठीवासीको रिले अनसन प्रदेशसभा सदस्यको उपस्थितिमा स्थगित
राजविराज÷पछिल्लो १९ दिनदेखि रिले अनसन बसेका तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका स्थानीयहरु शनिबारदेखि उक्त रिले अनसनलाई स्थगित गरेका छन् ।
सप्तरी क्षेत्र २ प्रदेशसभा १ का सदस्य शैलेन्द्र प्रसाद साहको उपस्थितिमा सो रिले अनसन स्थगित गरिएको हो । उनले अनसनमा बसेकाहरुलाई जुस खुवाउँदै तत्कालकागि अनसन स्थगित गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले गैरकानूनी रुपमा सदरमुकाममा गाउँसभा आयोजना गरेको भन्दै सो सभा खारेज गर्नुपर्ने लगायत विभिन्न मागसहित स्थानीयहरु माघ २२ गतेदेखि रिले अनसनमा बसेका थिए ।
अवैध गाउँसभा खारेज गर्नुपर्ने, गाउँपालिकाको नाम तथा केन्द्र सार्ने निर्णय सच्याउनुपर्ने, चालु आर्थिक वर्षको हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतमाथि छानविन गर्नुपर्ने लगायतका विभिन्न मागसहित आन्दोलित स्थानीयहरु प्रदेश सभा सदस्य तथा विभिन्न व्यक्ति तथा निकायहरुबाट गरिएको आग्रह एवं होली पर्वलाई लक्षित गरि तत्काल रिले अनसनलाई स्थगित गरेको स्थानीय अवकाश प्राप्त शिक्षक दयाकान्त झाले जानकारी दिए ।
अनसन तोडाउँदै प्रदेशसभा सदस्य साहले संविधान तथा संघीयता कार्यान्वयनको संघारमा आफुहरु रहेको हुँदा स्थानीय तहमा देखिएको सामान्य विवादहरुलाई आपसी सहमति र समन्वयनको आधारमा मिलाउँदै समग्र विकासकालागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले तिलाठी कोइलाडी गाउँपालिकामा देखिएको विवादहरुलाई मिलाउन स्थानीय जनप्रतिनिधि एवं सर्वसाधारण समेत सकारात्मक देखिएको टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ