News Category 2074/11/15
मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
दैनिक समाचारदाता
जनकपुर, १४ फागुन ।
प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री राउतले सोमबार मुख्यमन्त्री निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नं २ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिबद्धता जारी गरेका हुन् ।
उक्त प्रतिबद्धता पत्रमा प्रदेशभित्र पूर्ण रूपमा सुशासन कायम गरिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने, नीतिगत रूपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने, प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती सहन गर्न नसकिने, प्रदेशका सेवाग्राही जनतालाई सरकारी कर्मचारीले २४ घण्टाभित्र काम पूरा गर्नुपर्ने, सेवाग्राहीको हितलाई ध्यानमा राखेर प्रदेश मुख्यमन्त्रीको कार्यालय मातहत हेल्लो प्रदेश सरकारको स्थापना गरिने त्यसका लागि निःशुल्क टेलिफोन सेवापछि सार्वजनिक गरिने र प्रदेशको कर्मचारीले राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो भन्ने सन्देश जनतामा प्रवाहित गर्ने कुरा उल्लेख गरिएको छ ।
प्रतिबद्धता पत्रमा इमेल अmउचयखष्लअभद्द२नmबष्।िअयm लगायत अन्य विद्युतीय माध्यमबाट समेत जनताले आफ्ना गुनासा सिधै मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने र इमेलबाट प्राप्त जनताका गुनासा उपर कार्वाही भए नभएको जानकारी उजुरीकर्तालाई दिइने, ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद हुने खालका कार्यक्रमका लागि सञ्चारमाध्यम प्रयोग गरी सञ्चालन गरिने बताइएको छ ।
त्यसैगरी प्रदेशका विभिन्न ठाउँ जस्तै गाउँपालिका, नगरपालिका, वडा तथा टोललगायत विभिन्न ठाउँमा मुख्यमन्त्री जनताको घरदैलोमा गई प्रदेश सरकारप्रति रहेका गुनासा सुन्ने र उक्त गुनासाको सम्बोधन गर्ने प्रयास गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।
प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालाबजारी वा महँगी नियन्त्रणका लागि प्रभावकारी रूपमा बजार भाउको अनुगमन गरिने, अवैध रूपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रित गरिने र वन्य जन्तु तस्करी, प्राकृतिक स्रोत साधन दोहन तथा वन फँडानी कार्यलाई तत्कालन रोकिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री राउतले प्रदेशको विकासका लागि पाँच ‘स’ का साथ अगाडि बढ्ने बताएका छन् । उहाँले सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ