News Category 2074/11/16
क्याम्पस गाभ्ने निर्णयको बिरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने निर्णयको बिरोध गर्दै आइतबारदेखी गरिएको अनिश्चितकालिन तालाबन्दी जारि रहेको छ ।
यसैब क्रममा गठित संघर्ष समितिका संयोजक सिंघेश्वर प्रसाद यादवले मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
बुझाइएको ज्ञापनपत्रमा क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु त्रिभवन विश्वविद्यालयको आंगिक क्याम्पसकै रुपमा रहन चाहेको उल्लेख गर्दै राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने निर्णयको पूर्ण रुपमा बिरोध गरिएको जनाइएको छ ।
सोही ज्ञापनमा माँगहरुप्रति संम्वेदनशील भई त्रिविकै आंगिक क्याम्पसका रुपमा राख्न अनुरोध गर्दै सो अनुसार नभए अझ थप आन्दोलन गर्न बाध्य हुने जनाइएको छ ।
सो ज्ञापन राष्ट्रिय सभाका अध्यक्ष, शिक्षा मन्त्री तथा त्रिविका सहकुलपति, उपकुलपति, त्रिवि शिक्षाध्यक्षको कार्यालय, रजिष्टारको कार्यालयलाई समेत बोधार्थ गरिएको छ ।
यसअघि उक्त सरकारी निर्णयको बिरोध गर्दै माघ २१ गतेदेखी विभिन्न चरणको आन्दोलन हातमा कालोपट्टी बाँधेर कामकाज, कलम बन्द, कक्षा स्थगितलगायतका आन्दोलनका कार्यक्रम गर्दै आइतबार क्याम्पसका प्राध्यापक, कर्मचारी, शिक्षक, विद्यार्थीहरूले उक्त तालाबन्दी गरेका हुन् ।
क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयकै आंगिक क्याम्पसको रुपमा रहने व्यवस्था मिलाउन माँग गर्दै विभिन्न चरणबद्ध आन्दोलन गर्दा पनि माँगप्रति सम्बन्धीत निकायले वेवास्ता गरेको भन्दै बाध्य भई तालाबन्दी गर्नु परेको संघर्ष समितिका संयोजक सिंघेश्वर प्रसाद यादवले जानकारी दिएका छन् ।
यता मविव क्याम्पस राजविराजमा स्थायी, निजि, करार र आंशिक गरि झण्डै १ सय ५० कर्मचारी कार्यरत रहेका छन् भने तालाबन्दीका कारण अबको केही दिनमा हुने विभिन्न तहको परीक्षामा सहभागि हुने १ हजार ७ सय विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ