News Category 2074/11/17
सप्तरीका दुई केन्द्रिय नेता प्रदेश २ को मन्त्रीमा नियुक्त
दैनिक समाचारदाता
जनकपुर, १६ फागुन ।
सप्तरीका दुई मधेशवादी दलका दुई केन्द्रिय नेता प्रदेश २ को मन्त्रीमा नियुक्त भएका छन् । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवल किशोर साह प्रदेश २ को मन्त्रीमा बुधबार नियुक्त भएका हुन् ।
फोरमका शैलेन्द्र प्रसाद साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र राजपाका नवलकिशोर साह सामाजिक विकास मन्त्रीमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् । यसैगरि आयोजित सपथ ग्रहण कार्यक्रममा फोरम र राजपाका ४ मन्त्री र ३ राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् ।
यो सँगै प्रदेश २ को मन्त्रिमण्डल १० सदस्यीय बनेको छ । प्रदेश नम्बर २ मा तीन जना राज्यमन्त्री पनि नियुक्त भएका छन् । सात प्रदेशमध्ये पहिलोपटक प्रदेश २ मा राज्यमन्त्री नियुक्त भएका हुन् । संविधानले प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतलाई मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ ।
फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानूनमन्त्री र शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । त्यस्तै, राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानून, योगेन्द्र राय यादव भूमि, व्यवस्था, कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका हुन् ।
यसअघि राउतको मन्त्रिमण्डल तीन सदस्यीय थियो । फोरमका विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए भने राजपाका जितेन्द्र सोनलले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ