News Category 2074/11/21
फोरम र राजपा गठबन्धनबारे कुनै शंका नगर्न कृषि मन्त्रीको आग्रह
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले फोरम र राजपा गठबन्धनको सरकारप्रति कसैलाई कुनै शंका नगर्न तथा राजपालाई फोरमसँग सशंकित नहुन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आइतबार महासंघको सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले सो आग्रह गरेका हुन् ।
मन्त्री साहले कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजावदी फोरम नेपाल केन्द्रिय सरकारमा सहभागि भए पनि प्रदेश २ सत्ता समिकरणमा कुनै परिवर्तन नहुने आश्वासन दिए । उनले फोरम राजपाको चुनावी गठबन्धन मात्र रहेको तर, फोरम केन्द्रिय सरकारमा गएपनि प्रदेशमा सहकार्य जारी नै रहने दाबी समेत गरे ।
मुलुकमा संघीयताको सफलता र असफलता प्रदेश नं. २ मै निर्भर रहेको भन्दै यस्तो परिस्थितमा प्रदेश नं. २ को सरकारलाई संघीयता जोगाउन एउटा चुनौती समेत रहेको जिकिर गरे ।
कृषि मन्त्री साहले नेपाल एउटा कृषि प्रधान देश रहेकोप्रति कुनै दुईमत नरहेको भन्दै अहिलेसम्म सरकारले कुनै पनि किसानको पीडाप्रति गम्भिर नरहेको दाबी गरे । उनले अब प्रदेश २ का किसानहरुप्रति प्रादेशिक सरकारले एउटा ठोस कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री साहले मधेशमा कृषि क्रान्तिबाटै आर्थिक समृद्धि हुने भएकोले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने र मधेशको ८० प्रतिशत भन्दा बढी उब्जाउ जमिनमा सिँचाई नपुगेकोले सुशासन, विकास, सिँचाई, सडक र मधेशको समृद्धि प्रदेश सरकारको प्राथमिकता रहेको जानकारी दिए ।
यसअघि उनलाई महासंघ सप्तरी शाखाको सदस्यको नाताले महासंघका अध्यक्ष जितेन्द्र खड्गा लगायत महासंघका अन्य पदाधिकारी तथा पूर्व अध्यक्षसमेतले सामुहिक रुपमा कदरपत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको छ । उनले मोफसलका पत्रकारहरुको समस्याप्रति प्रदेश सरकार गम्भिरतापूर्वक पहल गर्न प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ