News Category 2074/11/21
हटिया विषयमा आज प्रजिअ निवासमा सर्वपक्षिय बैठक बस्दै
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराज हाटबजार स्वरुप संरक्षण समिति राजविराज वडा नं. ७ ले आइतबार हटिया बन्द गरि हटियाको मौलिकता जोगाई विकास निर्माण गर्न माँग गर्दै जुलुस प्रदर्शन गरेको छ ।
गुदडी हटियाका व्यापारीहरु सम्मिलित जुलुसले नगर परिक्रमा पश्चात् स्थानिय शिव मन्दिर प्राङ्गणमा बिरोध सभा समेत गरेको छ ।
यसैबीच संरक्षण समिति र राजविराज नगरपालिकाबीच आईतबारै सर्वपक्षिय बैठक सम्पन्न भएको छ । श्रोतका अनुसार उक्त बैठकबाट सोमबार प्रमुख जिल्ला अधिकारीको निवासमा पुनः सर्वपक्षिय सर्वदलिय बैठक बस्ने मौखिक निर्णय भएको जनाएको छ ।
प्रजिअ निवासमा हुने बैठकमा हटियाका गिलेशन व्यापारी, मनिहारी व्यापारी, तरकारी व्यापारी, च्युरा मुरही व्यापारीलगायतका दुई दुई जना, जिल्लाका राजनैतिक दलका प्रतिनिधि र नगरपालिकाका प्रमुख लगायतको सहभागितामा बैठक बोलाइएको जनाइएको छ ।
यसअघि राजविराजस्थित हटियाको सुधार र निमार्णका लागि राजविराज नगरपालिकाले माघ २० गते १५ दिने सूचना जारि गरेपछि हटियाका व्यापारीहरु आन्दोलित भएका हुन् ।
विभिन्न पत्रपत्रिकामार्फत नगरपालिकाले सूचना जारि गरेको मिति भन्दा १५ दिन बढी बितिसक्दा समेत पटक पटक दुबै पक्षबीच सहमति र छलफल भइरहेको छ ।
हटियावासीले निर्माणको कार्य दुई किस्तामा गर्न, निर्माण कार्य सम्पन्न पश्चात् बनेको नयाँ कोठाहरुमा हटियाका व्यापारीहरुलाई नै प्राथमिकता दिनुपर्ने, हटियामा रहेको निजि घर अगाडी फराकिलो बाटो हुनुपर्ने लगायतको माँग राख्दै आएका छन् ।
ती माँगहरु बारे नगरपालिकासँग हटिया व्यापारी सम्मिलित समितिबीच लगातार समन्वय र छलफल भइरहे पनि कुनै निष्कर्षमा पुग्न सकिरहेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ