News Category 2074/11/24
मलेठ घटनाले नै मधेशी दलहरुलाई एउटै छातामूनी ल्यायो ः महतो
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मलेठ घटनाले नै मधेशी दलहरुलाई एकताको एउटै छातामूनी ल्याउ बाध्य गरेको बताएका छन् ।
२०७३ साल फागुन २३ गते एमालेको मेचीमहाकाली अभियान अन्तरगत सप्तरीको मलेठमा भएको घटनामा प्रहरीको गोली लागि मारिएका पाँच जना सहिदको प्रथम पूण्यतिथि तथा श्रद्धाञ्जली सभामा बुधबार बोल्दै नेता महतोले मलेठ घटनाबाट उत्प्रेरित भएर अहिले प्रदेश नं. २ मा मधेशवादी दलको सरकार निर्माण भएको जिकिर गरे ।
उनले बाम सरकार दुई तिहाई बहुमत नजिक रहेको भन्दै संविधान संशोधन र सिमांकन समेत हेरफेर गर्ने सहमति जनाए राजपाले सरकारलाई समर्थन जनाउने बताए । उनले मधेशी जनता अझै अधिकार बिहीन रहेको भन्दै अधिकार दिलाउन बाम सरकारले मन ठूलो पारेर मधेशीहरुप्रति उद्धारता देखाउन आवश्यर रहेको जिकिर गरे ।
नेता महतोले सहीद परिवारहरुलागि कल्याण कोष खडा गरि राजपाका सम्पूर्ण सांसद तथा विद्यायकले सो कोषमा आफ्नो पहिलो सरकारी तलब जम्मा गर्ने बताए । आन्दोलनको समयमा प्रत्येक सहीद परिवारलाई ५० लाख दिने घोषणा समेत स्मरण रहेको भन्दै निकट भविष्यमा त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।
सो श्रद्धाञ्जली सभामा राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले मलेठ घटनामा सहीद भएका परिवारजनको लालन पालनका लागि प्रादेशिक सरकारले गर्ने बताउँदै उक्त घटनाले मधेशवादी दलहरुलाई एकबद्ध हुनमा ठूलो भूमिका निर्वाह गरेको जिकिर समेत गरे ।
सो सभामा प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, सामाजिक मन्त्री नवलकिशोर साह, कृषि मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले सहीद परिवारका एक सदस्यलाई प्रदेश सरकारले रोजगारी दिने र बालबच्चाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने तथा आन्दोलनका क्रममा घाइते भएकाहरुको जिवन यापनको जिम्मेवारी समेत प्रदेश सरकारले लिने प्रतिबद्धता जनाए । कार्यक्रममै मन्त्री सोनलले आन्दोलनमा घाइते भएकाहरुका लागि विशिष्ठ श्रेणीको परिचय पत्र प्रदान गर्ने उद्घोष समेत गरे । उनले स्थानिय तहसँग समन्वय गरि प्रदेश सरकारले सहीदहरुको स्मारक बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
सभामा कृषि मन्त्री शैलेन्द्र साहले अधिकार सम्पन्न र विकास निर्माणको कार्य सँगसँगै लिएर जानेदेखी समृद्ध प्रदेशको चुनौती समेत प्रादेशिक सरकारमा रहेको जिकिर गरे । उनले प्रदेश २ मा मधेशी जनताको जनमतको कदर गर्दै फोरम राजपाको सरकार रहिरहने र फोरम नेपाल आफ्नो प्रतिबद्धताबाट पछि नहट्ने दाबी समेत गरे ।
यस्तै सभालाई सम्बोधन गर्दै सप्तरी क्षेत्र नं. ३ का सांसद चन्द्रकान्त चौधरीले आफ्नो संसदीय विकास कोषको रकमबाट मलेठमा सहीदको शालिक निर्माण गर्ने उद्घोष समेत गरे । राजपा सप्तरीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा सम्पन्न सभामा फोरम सप्तरीका अध्यक्ष दिनेश यादव, फोरम केन्द्रिय सदस्य अशोक यादव, राजविराज वडा नं. ९ मलेठका अध्यक्ष शम्भु प्रसाद यादव, फोरम नेता भिमराज यादवले मन्तव्य राखेका थिए ।
यसैबीच सभामा पाँचै जना सहीदका परिवारजनलाई नगद ५ हजार ५ सय तथा दोसल्ला ओढाएर राजेन्द्र महतो, राजकिशोर यादव तथा प्रादेशिक मन्त्रीहरु जितेन्द्र सोनल, नवलकिशोर साह र शैलेन्द्र प्रसाद साहले सम्मान समेत गरे ।
गत वर्ष २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।
सो घटनाका क्रममा मृत्यु भएका पाँचैजनालाई तत्कालिन सरकारले सहिद घोषणा गरेको थियो । सो घटना पश्चात् एमाले मेचीमहाकाली राष्ट्रिय अभियान तत्कालका लागि स्थगित गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ