News Category 2074/11/25
महिलाहरु सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा उपसभामुख देवको जोड
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सो अवसरमा बिहीबार राजविराजमा आयोजित कार्यक्रममा प्रदेश नं. २ का उपसभामुख उपमा देवले महिलाहरु सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी छिन् ।
उपसभामुख देवले अहिलेको समाजमा महिलाहरु सामाजिकदेखी राजनीतिक क्षेत्र सक्रिय भएर आफ्नो अधिकारका लागि अगाडी बढीरहेको कुरा सकारात्मक भएको भन्दै महिलाहरु यस्ता क्षेत्रमा अझ अगाडी बढ्नु पर्ने बताइन् । उनले महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवतर्न भएमात्र समाज परिवर्तन हुने जिकिर समेत गरिन् ।
अहिलेको परिवर्तन युगमा महिलाहरु पनि पुरुषसरह काम गर्न सक्षम रहेपनि पुरुषहरुको सोचमा परिवर्तन हुननसकेकोमा चिन्ता व्यक्त गरिन् । स्थानिय तहमा महिलाहरुको सहभागिता उल्लेख्य रहेपनि उनीहरु अझ कामकाज गर्नबाट बञ्चित हुनुपरेकोमा दुःख समेत व्यक्त गरिन् ।
त्यस्तै महिला हिंसा न्यूनिकरणका लागि सरकारले कानुन निर्माण गरेपनि अपेक्षाकृत रुपमा फलदायी हुन नसकेकोले त्यसलाई अझ सशक्त रुपमा कार्यान्वयन गर्न सम्बन्धीत निकायको ध्यान जानु पर्ने माँग गरिन् । महिला, घरेलु हिंसाका कारण महिलाहरुले ज्यान समेत गुमाउनु परेको हुँदा सो क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुलाई उक्त कार्यलाई निरुत्साहित गर्न अझ तदारुकता देखाउन आग्र गरेकी छिन् ।
जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष सुधा देवलाई पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानित गरिएको छ ।
महिला तथा बालबालिका कार्यालय सप्तरीका प्रमुख चन्द्रकला श्रेष्ठको अध्यक्षताम आयोजित सभामा जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, एकल महिला सप्तरीकी अध्यक्ष अनिता देवकोटा, इन्सेकका मनोहर पोखरेल, मारवाडी महिला समाजकी अनुराधा जोशी, करुण झा, गैरसरकारी महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, अपाङ संघका अध्यक्ष बलदेव मण्डल, जिल्ला यूवा संजालका पवन साह लागायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
यसअघि स्थानिय शिवमन्दिरको प्राङणबाट निस्केको ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभाकक्षमा कार्यक्रममा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ