News Category 2074/11/27
शु सेन्टरमा आगलागि हुँदा ५० लाखको क्षति, एक फायर म्यान घाइते, मन्त्री साहद्वारा आगलागि स्थलको निरिक्षण
राजविराज÷राजविराजस्थित हटियामा रहेको एक जुत्ता चप्पल पसलमा शनिबार बिहान अढाई बजे आगलागि हुँदा ५० लाखको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।
राजविराज वडा नं. ७ स्थित नौसाद शु सेन्टरमा आगलागि लागि हुँदा ५० लाख रकम बराबरको धनमाल जलेर नष्ट भएको पसल संचालक नसिब खाँनले जानकारी दिए । राजविराजकै अति व्यस्त मानिने हटियामा रहेको उक्त पसलको चारै तल्लामा जुत्ता, चप्पल भण्डारण गरिएको थियो ।
यता आगो नियन्त्रणका क्रममा राजविराज नगरपालिकाका फायर म्यान धर्मेन्द्रकुमार यादव घाइते भएका छन् । झ्यालको सिसाले लागेर उनको टाउको फुटेको प्रहरीले जनाएको छ ।
राजविराज, शम्भुनाथ, लहान र इनरुवा नगरपालिकाका चारवटा बारुण यन्त्र तथा स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा आएको हो ।
यता पसल संचालक खाँनले आगलागि सुनियोजित ढंगले लगाएको आरोप लगाएका छन् भने आगो लागेको कारण खुल्न सकेको छैन् ।
यसैबीच प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले आगलागि स्थलको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा पीडित पसल संचालक खाँनले कसैले व्यक्तिगत रिसिइबीका कारण आगो लगाइदिएको गुनासो गरेपछि मन्त्री साहले उक्त सम्बन्धमा प्रहरी प्रशासनसँग समन्वय गरि सत्यतथ्य घटना पत्ता लगाउने बारे आश्वाशन दिएका छन् ।
त्यस्तै आगलागि स्थलको निरिक्षण गर्ने क्रममा वडा नं. ७ का वडा अध्यक्ष माँगीलाल नाईले पीडितले आगो लगाउने व्यक्तिको लिखित रुपमा किटानी जाहेरी दिएपछि वडास्तरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ