News Category 2074/11/28
मूल ढोकामा लगाइएको ताला अब, क्याम्पस प्रमुखको कोठामा
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको बिरोध गर्दै फागुन १३ गतेदेखी क्याम्पसको मूल ढोकामा गरिएको तालाबन्दी दुई सातापछि आइतबार खोलिएको छ ।
प्राध्यापक संघ क्याम्पस इकाई समितिका सभापति एवं संघर्ष समितिका संयोजक सिंहेश्वर प्रसाद यादवद्वारा आइतबार जारि विज्ञिप्तमा तालाबन्दीपछि त्रिविका उपकुलपति र रजिष्टारलगायतका पदाधिकारीहरुसँगको सकारात्मक छलफल पश्चात् उक्त तालाबन्दी खोलिएको जनाइएको छ ।
यता आन्दोलनको सशक्त कार्यक्रम पछि तय गर्ने गरी हाललाई क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।
सोही विज्ञप्तिमा पठनपाठन, परीक्षा र प्रशासनिक कार्यमा तत्काल बाधा नगर्न अनुरोध गरिएपछि क्याम्पस प्रमुखको समेत शैक्षिक प्रशसनिक वातावरण सहज पार्न लिखित अनुरोध आएको हुँदा विद्यार्थीहरुको भविष्यलाई मध्यनजर गर्दै आन्दोलनको स्वरुप हाललाई परिवर्तन गरिएको उल्लेख छ ।
यसअघि क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयकै आंगिक क्याम्पसको रुपमा रहने व्यवस्था मिलाउन माँग गर्दै माघ २१ गतेदेखी विभिन्न चरणको आन्दोलन पश्चात् क्याम्पसका प्राध्यापक, कर्मचारी, शिक्षक, विद्यार्थीहरूले सो तालाबन्दी गरेका थिए ।
नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा राजविराजसहित जनकपुरको राराव क्याम्पस र सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस समेत गाभिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ