News Category 2074/11/28
राज्जा रानी मैथिली फिल्मको घुम्ती अभियान सप्तरीबाट सुरु
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
नेपालमै पहिलो पटक दुई नेपाली र मैथिली भाषामा निर्माण भएको राज्जा रानी फिल्मको घुम्ती अभियान सप्तरीको लोहजराबाट सुरु भएको छ ।
भोर नामक सामाजिक संस्थाका अध्यक्ष राजकुमार महतोले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि घुम्ती सिनेमाको अभियान बारे जानकारी दिएका छन् ।
सप्तरी जिल्लाको तिरहुत गाउँपालिकाको लोहजारा गाउँबाट सुरु गरिएको उक्त अभियान बारे जानकारी दिँदै अध्यक्ष महतोले शुभारम्भ कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्य र सोहीमन्त्रालयका सचिव डा. किरण रुपाखेतीको विषेश आतिथ्यमा उक्त घुम्ती सिनेमाको शुभारम्भ भएको बताए ।
उक्त घुम्ती सिनेमा अभियानमा लोहजाराका झण्डै एक हजार पाँच सय स्थानियहरुले ठुलो पर्दा र गुणस्तरीय साउण्ड सिस्टमसहित घुम्ती पहिलो शोमा आप्mनो सहभागिता जनाएको उनले बताए ।
यस्तै मधेशमा व्याप्त दाइजो प्रथाको कथालाई लिएर बनेको फिल्म ‘राज्जा रानी’ सिनेमा हलको पहुँचबाट टाढा रहेका गाउँहरुमा देखाउने अभियान सुरु गरिएको अध्यक्ष महतोको भनाई छ ।
अभियान अन्तरगत प्रदेश नं. १ र २ अन्र्तगत मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँहरुमा घुम्ती सिनेमा संचालन गरिन लागेको ‘राज्जा रानी’ मैथिली भर्सनका निर्माता समेत रहेका महतोले जानकारी दिए ।
उनले प्रत्येक जिल्लाका ६ देखि ८ स्थानमा ३ देखि ५ वटासम्म शो गर्ने जानकारी दिँदै प्रत्येक दर्शकबाट ५० रुपैयाँ शुल्क उठाउने उद्देश्य रहेको बताए । उक्त शोबाट उठेको रकम सोही जिल्लाहरुको सामाजिक क्षेत्रमा लगानी गर्ने उनको दाबी समेत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ