News Category 2074/11/30
वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरी क्रिकेट संघको सहकार्य तथा राजबिराज नगरपालिका वडा नं. ५ को आयोजनामा मंगलबारदेखी वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा वडा नंं ३ ले वडा नं. ९ लाई ९ बिकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ ।
टस जिते पनि वडा नं. ३ ले पहिलो ब्याटिंगका लागि वडा नं ९ लाई आमन्त्रण गरेको थियो । जसमा वडा नंं ९ का टोली निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ७५ रनमै समेटिएको थियो ।
वडा नं. ९ को प्यानेल्टी वापत अम्पाएर निरज सिंहले ५ रन समेत काटेका थिए । वडा नं. ९ लाई सस्तोमा समेटन वडा नं. ३ का तर्फबाट रोबिन सिंहले घातक बलिंग गर्दै ३ ओभर ५ बलमा १३ रन दिई ३ बिकेट लिएका थिए भने अन्य बलरमा बिवेक यादवले २ तथा रोहित सिंह, निरज यादव र दयानन्द साहले सामान १ बिकेट लिएका थिए ।
७६ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ ले उक्त लक्ष्य १० ओभर २ बलमा केवल १ बिकेटकै नोक्सानीमा भेटाएका थिए । वडा नं. ३ का लागि रोहन बिक र बिकास दासले नटआउट रहि क्रमश ः ३५ र २६ रनको योगदान दिएका थिए भने निरज यादवले १३ रनको योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ३ का रोहन बिक घोषित भएका थिए ।
यसअघि राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु यादवले ब्याटिंग गर्दै प्रतियोगिताको उदघाटन गरेका थिए । कार्यक्रममा नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, राजबिराज वडा नं. ११ का अध्यक्ष संजय कुमार यादव, वडा नं. ३ का वडा अध्यक्ष मो. अख्तर, पुर्व बरिष्ठ क्रिकेटर सुरेन्द्र नाथ सिंह, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, ग्रिन नेपालका अध्यक्ष खेलानन्द यादव लगायतको उपस्थिती रहेको थियो ।
यस्तै बुधवारको पहिलो खेल वडा नं. २ ले वडा नं. ६ संग तथा दोश्रो खेल वडा नं. ३ र वडा नं. ४ बिच हुने वडा नं. ५ का अध्यक्ष समिर झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ