News Category 2074/11/29
देशमा श्रम, शीप र साधनको बिकास हुनु जरुरी ः प्रदेश प्रमुख
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अर्थतन्त्रको बिकासको लागि देशमा श्रम, शीप र साधनको बिकास हुन जरुरी रहेको बताएका छन् ।
राजविराजमा सोमबारदेखि सुरु भएको २ नं. प्रादेशिक ब्यापार मेला तथा दोश्रो सप्तरी महोत्सव २०७४ को उद्घाटन गर्दै उनले सो कुरा बताउँदै ब्यापार मेलाले अर्थतन्त्रमा योगदान पुग्ने बताए ।
यस्तो कार्यक्रमले जनस्तरमा श्रम, शिपको बिकास, रोजगार तथा स्वरोजगारीतर्फ प्रेरित हुने समेत उनले जिकिर गरे ।
तराई मधेसको आदिवासी, जनजाती, दलित, मुस्लिम, सहितको समग्र बिकास हुनको लागि ब्यापार मेला आवश्यक रहेको बताउदै आर्थिक उन्नतीको लागि सरकारी स्तरदेखि जनस्तरसम्म बिकास हुनुपर्ने उनले बिश्वास ब्यक्त गरे ।
यस्तै सोही कार्यक्रममा प्रदेश नं. २ का बिकास मन्त्री नवलकिशोर साहले आप्mनो कर्तब्य प्रति दक्ष भए मात्र आर्थिक बिकास हुने बताए । प्रदेश सरकार उद्योग बिकासमा सक्दो सहयोग गर्ने बताउदै उद्योगको बिकास गरेमा जिल्लाको बिकास हुने उनको धारणा छ । उनले सप्तरीको बिकासका लागि आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा पूर्व मन्त्री जितेन्द्र नारायण देवले संघीयता देशमा आएकोले हरेक गाउँ तथा नगरपालिका र गाउँपालिकामा बिकास हुनुपर्ने उल्लेख गरे । देशमा संबिधान र प्रदेश सरकार बनेपछि पहिचान अधिकार भएकोले हरेक शहर तथा गाउँगाउँमा बिकास हुनुपर्ने उनले उल्लेख गरे ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले सप्तरीको चौतर्फि बिकासका लागि सप्तरी महोत्सवले ठूलो योग्दान पुग्ने बताए । जिल्लामा रहेका कृषि, माछा, आप, लगायतका समाग्री यस मेलामा राखेको हुनाले पनि आर्थिक बिकासमा सहयोग मिल्ने प्रजिअ पाण्डेयको विश्वास छ ।
उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गालगायतका वक्ताहरुले महोत्सवको सफलताको कामना गरे ।
चैत ७ गते सम्म आयोजना हुने ‘सप्तरीको विकास हाम्रो प्रतिवद्धता’ नाराका साथ मूल आयोजक सप्तरी उद्योग बाणिज्य संघ राजविराजको आयोजनामा उक्त महोत्सव सुरु भएको हो । उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानिय बस्तुको प्रर्वद्धनका लागी महोत्सवमा स्थान दिइने जनाइएको छ ।
कुल १ सय ५० वटा स्टल रहने महोत्सवमा झण्डै ५ करोड बराबरको कारोवार तथा करिव २ लाख भन्दा बढी उपभोक्ता, आगन्तुक र दर्शक भित्रयाउने लक्ष्य लिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले जानकारी दिए ।
कृषि जन्य बस्तु तथा उत्पादन, सूचना जन्य समाग्री, इलेक्ट्रोनिक समान, शहकारी संस्था र लघु उद्योगद्वारा उत्पादित बस्तु, दैनिक उपभोगका बस्तु, ताजा तरकारी, फलफुल, भेटनरी औषधी, खेलकुद, फर्निचर र दुधजन्य परिकार, मिठाई रहनुका साथै नेपालमै प्रसिद्ध मानिएको मिथिला, थारु, नेवारी, मारवारी खानाको परिकारका स्टलहरु पनि समावेश गरिएको उनले बताए ।
प्रदेश नं. २ का मुख्यमन्त्रीले उद्घाटन गर्ने महोत्सवको सहआयोजकमा जिल्ला समन्वय समिति र जिल्लाका सबै स्थानिय निकाय रहेका छन भने प्रर्वद्धकमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र र नेपाल पर्यटन बोर्ड काठमाण्डौं तथा सहयोगीका रुपमा जिल्लास्थित सबै राजनितिक दल, स्थानिय संघ संस्था तथा जिल्ला प्रशासन कार्यालय रहेको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ