News Category 2074/12/02
स्थानिय तहलाई सहकारी संस्थाको अभिलेख हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
डिभिजन सहकारी कार्यालय लहानले राजविराजमा बिहीबार एक कार्यक्रमको आयोजना गरि सप्तरी जिल्लाका १८ वटै स्थानिय तहलाई सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको छ ।
सरकारले चैत २८ गतेपछि सहकारी संस्थाहरुको दर्ता, अभिलेख, निगरानी लगायतका कार्यहरु स्थानिय तहबाटै संचालन हुने प्रावधान गरेकोले सो डिभिजन कार्यालयले अभिलेखहरु हस्तान्तरण गरेको डिभिजन सहकारी कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
डिभिजन सहकारीका केन्द्रिय प्रतिनिधि एवं उपसचिव आनन्द सारुको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्त, राष्ट्रिय सहकारी बैंक राजविराजका संयोजक विश्वनाथ मण्डल लगायतका वक्ताहरुले सहकारीको विकास र बिस्तारको जिम्मा स्थानिय तहबाटै हुने भएकोले यसलाई अझ प्रभावकारी ढंगले संचालन गर्नुपर्नेमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
अभिलेख हस्तान्तरणपछि आयोजित कार्यक्रममा स्थानिय तहका पदाधिकारी तथा अधिकृतहरुलाई सो सम्बन्धमा अभिमूखीकरण समेत दिइएको छ । उक्त अभिमूखीकरण शुक्रबारसम्म चल्ने छ । कार्यक्रममा जिल्लाका १८ वटै स्थानियह तहका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ