News Category 2074/12/02
शिक्षक संघ सप्तरीमा मण्डल
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
नेपाल शिक्षक संघ, सप्तरीको ८औँ जिल्ला अधिवेशनबाट शैलेन्द्र मण्डलको नेतृत्वको प्यानलै विजयी भएको छ ।
बुुधबार साँझ सम्पन्न निर्वाचन परिणमअनुसार मण्डलले ८७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी सूर्यनारायण यादवले ५५७ मत प्राप्त गरे ।
यस्तै महिला उपाध्यक्षमा अरहुलकुमारी साहले ८८९ मत प्राप्त गरी विजयी भएका छन् भने उहाँकी निकटतम प्रतिद्वन्द्वी चित्रलेखा देवले ५२६ मत प्राप्त गरिन् ।
अर्का उपाध्यक्ष भगवतीप्रसाद चौधरी ८८३ मत र सचिवमा विश्वनाथ भदेश्वार यादवले ८४६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी श्यामकुमार चौधरीले ५७१ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक विद्यानन्द झाले जानकारी दिए ।
यस्तै, अर्थ सचिवमा पञ्चदेव चौधरी, सचिव (महिला) मा रञ्जना यादव, र सचिव पुरुषतर्फ लक्ष्मण मेहता विजयी भएको निर्वाचन समितिका संयोजक झाले जानकारी दिए ।
सचिव अर्थ (महिला)मा शोभा यादव, सचिव (समावेशी)मा छत्रनारायण यादव र सुन्दर रजक विजयी भएका छन् ।
सदस्यमा मो असगर, गजेन्द्र मण्डल, सूर्यनारायण ठाकुर, विनयकुमार यादव, आशा यादव, सुशीला चौधरी र सुनिता चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघीय प्रतिनिधितर्फ पर्शुराम यादव, महेन्द्रप्रसाद यादव, प्रमोद कटुवा, विनोदकुमार साह विजयी भएका छन् भने संघीय प्रतिनिधि महिलातर्फ गीता चौधरी र कामना ठाकुर विजयी भए । यता प्रदेश प्रतिनिधितर्फ शोभाकुमारी यादव, पुष्पा देव, सत्यनारायण यादव, दिनेशकुमार मण्डल, अनुजकुमार गुप्ता, धर्मदेव साह, जगदीशप्रसाद यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ