News Category 2074/12/02
शिक्षक संघ सप्तरीमा मण्डल
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
नेपाल शिक्षक संघ, सप्तरीको ८औँ जिल्ला अधिवेशनबाट शैलेन्द्र मण्डलको नेतृत्वको प्यानलै विजयी भएको छ ।
बुुधबार साँझ सम्पन्न निर्वाचन परिणमअनुसार मण्डलले ८७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी सूर्यनारायण यादवले ५५७ मत प्राप्त गरे ।
यस्तै महिला उपाध्यक्षमा अरहुलकुमारी साहले ८८९ मत प्राप्त गरी विजयी भएका छन् भने उहाँकी निकटतम प्रतिद्वन्द्वी चित्रलेखा देवले ५२६ मत प्राप्त गरिन् ।
अर्का उपाध्यक्ष भगवतीप्रसाद चौधरी ८८३ मत र सचिवमा विश्वनाथ भदेश्वार यादवले ८४६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी श्यामकुमार चौधरीले ५७१ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक विद्यानन्द झाले जानकारी दिए ।
यस्तै, अर्थ सचिवमा पञ्चदेव चौधरी, सचिव (महिला) मा रञ्जना यादव, र सचिव पुरुषतर्फ लक्ष्मण मेहता विजयी भएको निर्वाचन समितिका संयोजक झाले जानकारी दिए ।
सचिव अर्थ (महिला)मा शोभा यादव, सचिव (समावेशी)मा छत्रनारायण यादव र सुन्दर रजक विजयी भएका छन् ।
सदस्यमा मो असगर, गजेन्द्र मण्डल, सूर्यनारायण ठाकुर, विनयकुमार यादव, आशा यादव, सुशीला चौधरी र सुनिता चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघीय प्रतिनिधितर्फ पर्शुराम यादव, महेन्द्रप्रसाद यादव, प्रमोद कटुवा, विनोदकुमार साह विजयी भएका छन् भने संघीय प्रतिनिधि महिलातर्फ गीता चौधरी र कामना ठाकुर विजयी भए । यता प्रदेश प्रतिनिधितर्फ शोभाकुमारी यादव, पुष्पा देव, सत्यनारायण यादव, दिनेशकुमार मण्डल, अनुजकुमार गुप्ता, धर्मदेव साह, जगदीशप्रसाद यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ