News Category 2074/12/04
जनप्रतिनिधिबाटै जनता कुटिए
राजविराज÷न्याय माग्न जाँदा एक यूवक आफ्नै जनप्रतिनिधिबाट कुटिएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले न्यायका लागि हारगुहार गर्न आएका युवकलाई आफ्नै घरमा कुटपिट गरेका छन् ।
विष्णुपुर गाउँपालिका वडा नं. ७ का २२ वर्षिय अनिल कुमार साहलाई अध्यक्ष यादवलगायत घरपरिवारका अन्य सदस्यहरु मिलेर शनिबार बिहान कुटपिट गरेको पीडितका काका लोचन साहले संचारकर्मीहरुलाई बताए ।
कुटपिटबाट अनिलको छाती, कम्मर, पीठ्यु र पेटमा गम्भिर चोट लागेको छ । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
पीडितका काका लोचनले केही दिनअघि गाउँपालिकामा चोरीका घटनाहरु बढेको र सो चोरी कार्यमा अध्यक्षकै भतिजा सचिन कुमार यादवको संलग्नता रहेको कुरा बताउन गएको बेला उल्टै आक्रोसित भई सपरिवार मिलि भतिजो अनिललाई कुटपिट गरेको बताए ।
अध्यक्ष यादवले चोरीमा भतिजाको संलग्नता रहेको स्वीकार गरिसक्दा समेत अनिललाई अध्यक्ष र उनका परिवारले कुटपिट गरेको घटना निन्दनीय भएको भन्दै पीडितका काका लाचेनले कारवाहीका लागि माँग गरेका छन् । उनले जनप्रतिनिधिबाटै जनता कुटिनुले अब न्यायका लागि कहाँ जाने प्रश्न गर्दै संचारकर्मीहरु समक्ष घटनामा संलग्नलाई कारवाहीका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ