News Category 2074/12/08
कोसीका कारण नगरपालिका उच्च जोखीममा ः प्रमुख साह
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश कुमार साहले नगरपालिकाभस् कोसीका कारण अत्यन्त जोखिममा रहेको बताएका छन् ।
“राजविराज दैनिक”सँग नगरपालिकाको समग्र विकास र यहाँका जनताले भोग्नु परेको समस्या बारे बोल्दै प्रमुख साहले क्षेत्रफलको आधारमा जिल्लाको सबैभन्दा ठूलो नगरपालिका रहे पनि यहाँका जनता पटक पटक कोसीबाट पीडित बन्दै गएको गुनासो गरेका छन् ।
नगरपालिका कोसीकै किनारमा रहँदा समेत नेपाल र भारतीय पक्ष कोही पनि कोसी बाँधलाई जिर्णोधार गर्नतर्फ चासो नदेखाएको उनले दुखेसो पोखे । उनले कोसीका बाँध अत्यन्त कमजोर भइसकेको अवस्थामा त्यसको मर्मत चाडो भन्दा चाडो गरिएन् भने योगिनियादेखी रम्पुरासम्म कुनै पनि बेला डुबानमा पार्न सक्ने खतरा समेत रहेको जिकिर गरे ।
कोसी नदीमा च्यानल खन्दा पूर्वतर्फ उचाई गरि बनाउँदा पनि सम्बन्धीत निकाय मौन रहेकोले भविष्यमा कोसीमा पानीको सतह बढेपछि पश्चिमतर्फको बस्ति पूर्ण रुपले डुवानमा पर्ने खतरा रहेको प्रमुख साहको दाबी छ । यता नदीको पानीको बहावलाई कम गर्न बनाइएको स्परहरु समेत जिर्ण अवस्था रहेकोले यसलाई तुरुन्त बनाउनु पर्ने उनको भनाई छ । यस्तै स्परहरुमा मानवबस्तिको बसोवास बढ्दै गइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
यता नगरपालिकामा कोसी लगायत महुँली नदीले समेत बाढीको समयमा बितण्डा मचाउने गरेकोले त्यसतर्फ पनि सम्बन्धीत निकायको ध्यान पुग्न नसकेको उनको भनाई छ । उनले भने, “गत वर्ष बाढी आउनु अघि सरकारले महुँली नदी नियन्त्रणका लागि ६ करोड बजेट बिनियोजन गरेको थियो तर, बाढीले गत वर्ष करोडौंको क्षति गर्दा समेत सरकारले यस वर्ष मात्र ३ करोड रकम बिनियोजन गरेको छ ।” उनले भने, “बाढीका कारण नगरपालिका क्षेत्रका सकरपुरा, रम्पुरा, मधवापुर लगायतका क्षेत्रहरुमा २१ करोड बढीको क्षति भएको थियो ।”
यस्तै प्रमुख साहले जिल्लाकै अत्याधिक चर्चामा रहने गरेको गोबरगाढा टापुका बासिन्दालाई बिस्थापित गर्ने योजना बनाएको खुलासा गरेका छन् । उनले गोबरगाढा टापुमा बसोवास गर्ने ७० परिवारका २ सय ५० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गराउन ४ विगहा जग्गा खोजी कार्य गरिरहेको बताए । हालै मात्र ती टापुका वासीलाई नगरपालिकाको पहलमा सोलार बत्ति प्रदान गरेको उनले जानकारी दिए ।
यता १४ वटा वडा रहेको यस नगरपालिकामा २४ करोड विकासीय बजेट बिनियोजन गरेको बताउँदै प्रमुख साहले त्यसमा पनि ११ करोड सडकका लागि, डेढ करोड शिक्षाका लागि र ४० लाख विद्युतका लागि छुट्याइएको उनले जानकारी दिए । उनले नगरपालिका क्षेत्रमा हाललाई १२ किलोमिटर पक्कि सडक बिस्तार गर्ने योजनामा लागि परेको जिकिर गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ