News Category 2074/12/08
पहिलो वडा हाट बजारको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
राजविराज नगरपालिका वडा नं. १५ मुसहरनिया टोलमा बुधबार एक कार्यक्रमबीच पहिलो वडा हाट बजारको उद्घाटन गरिएको छ ।
टोल टोलमा हाट बजार बिस्तार गर्ने योजना अन्तरगत अहिले राजविराज नगरपालिकाको विभिन्न वडाहरुमा साना साना हाट बजारको स्थापना हुने क्रममा वडा नं. १५ मा सबैभन्दा पहिले हाट बजारको उद्घाटन गरिएको छ ।
तरकारीदेखी दैनिक उपभोग्य सम्पूर्ण सामानहरुको बिक्रि बितरण गराउने उद्देश्यका साथ सो हाट बजार संचालनमा ल्याइएको वडा अध्यक्ष रामप्रसाद यादवले जानकारी दिए ।
राजविराजको मुख्य हटिया बजार वडा नं. १५ का बासिन्दाहरुका लागि टाढा पर्ने भएकोले समेत टोल टोलमा हाट बजार संचालन गर्न लागेको उनको भनाई छ ।
यसैबीच राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्यानर पढेर उक्त हाट बजारको उद्घाटन गरेका थिए । सो अवसरमा उपप्रमुख साधना झा, कार्यकारी अधिकृत तथा सबै वडाका अध्यक्ष लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रमुख यादव र उपप्रमुख झाले पहिलो वडा हाटको बिस्तारका लागि आफूहरु सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ