News Category 2074/12/10
आगलागीमा दश लाखभन्दा बढीको धनमाल नष्ट, चौपाया समेत जले
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीको खडक नगरपालिका २ मा शुक्रबार आगलागी हँुदा दश भन्दा बढी मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सो आगलागिमा एक दर्जन बढी चौपाया जलेका छन् ।
स्थानीय भुवनेश्वर मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यता गाईगोठमा बाँधिएको चारवटा गोरु, दुईवटा बाख्रा, तीनबटा खसी र एउटा भँैसी जलेर मरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
त्यस्तै छिमेकी कपिलेश्वर मण्डलको पनि एउटा कच्ची घर र एउटा गुहाली घर जलेको छ । सो घरभित्र बाँधिएको दुईवटा गोरु, एकवटा भौँसी जलेको प्रहरीले जनाएको छ ।
आगालीबाट खाद्यान्न, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब दश लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई स्थानीयवासी र राजविराजबाट गएको बारुणयन्त्रले निभाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ