News Category 2074/12/11

राजविराजस्थित अतिव्यस्त सडकबाट पुनः एक मोटरसाइकल चोरी चोरीका मोटरसाईकलसहित चार चोर पक्राउ

दैनिक समाचारदाता

राजविराज÷सप्तरीमा अहिले मोटरसाइकल चोरीका घटनाहरु बढ्दै गएको छ । यता मोटरसाइकल चोरीका घटनाहरु बृद्धि भइरहदा प्रहरीले चोरहरुलाई पक्राउ समेत गर्न थालेको छ ।  तर, पनि मोटरसाइकल चोरीका घटनाहरुमा कमी आएको देखिदैन् । प्रहरीले शनिबार विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरु नम्बर प्लेट परिवर्तन गरि प्रयोग गर्दै गरेको अवस्थामा चोरीमा संलग्न चार जनालाई सार्वजनिक गरे लगत्तै राजविराजस्थित अति व्यवस्ता सडकबाट पुनः एक मोटरसाइकल शनिबारै चोरी भएको छ । 
राजविराज ७ स्थित कृष्णा फार्मेशी औषधी पसल अगाडी पार्किङ गरि राखेको स७प २९४४ नम्बरको साइन मोटरसाइकल चोरी भएको छ । दिउँसो डेढ बजे पसल अगाडी मोटरसाइकल राखेको अवस्था चोरी भएको सवारी धनी निकेश दासले बताए । उनले हालै मोटरसाईकल खरी गरेको जानकारी दिएका छन् । यता सवारी धनी दासले घटना बारे प्रहरीमा निवेदन दिए लगत्तै मोटरसाइकल खोजबिन गर्न प्रहरी लागि परेको प्रहरी उपरिक्षक मुकेश सिंकले जानकारी दिएका छन् ।  
यता बिभिन्न मिति, समय र स्थानबाट नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकलहरु प्रयोग गरेको भन्दै त्यसमा संलग्न रहेका चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
जिल्लाको छिन्नमस्ता गाउँपालिका १ निवासी ३० वर्षिय  संजय यादव, डाक्नेश्वरी नगरपालिका ४ निवासी १८ वर्षिय संजय कुमार यादव, राजबिराज नगरपालिका ७ निवासी १८ वर्षिय प्रदिप कुमार राम र सोही स्थान निवासी १९ वर्षिय राजेश कुमार रामलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा बिभिन्न स्थानबाट मोटरसाइकलको ईन्जन, चेचिस नम्बरका चोरीका मोटरसाईकलहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक सिंहले जानकारी दिए । 
चेचिस नं. ःम्द्दब्ज्ञघभ्श्ठन्ऋद्यघठछज्ञठ, इन्जन नं.म्प्श्ऋन्द्य(ण्छठछज्ञ, निलो कालो रंगको पल्सर २२० सि.सि. मोटरसाइलमा परिवर्तन नम्बर बा.६१.प.१३५९, चेचिस नं. ःइद्दब्ज्ञघभ्श्द्धभ्ऋभ्छछछटज्ञ, ईन्जन नं. म्प्श्ऋभ्भ्द्धटढद्धठ, रातो रंगको पल्सर २२० सि.सि. मोटरसाइकलमा परिवर्तन नम्बर बा.६४.प.१९६२, चेचिस. नं. ःम्टघद्धप्भ्द्धडँद्दब्छघज्ञटण्, ईन्जन नं. इभ्द्धब्ँद्दठद्दघद्धद्दद्द, पहेलो रंगको अपाचि च्त्च् १६० सि.सि. मोटरसाइकलमा परिवर्तन नम्बर बा.६१.प.११८२, चेचिस नं. ःम्टघद्धप्भ्द्धघण्द्दप्ज्ञटछछद्ध, ईन्जन नं. इभ्द्धप्द्यद्दण्टद्दघठढ, रातो रंगको अपाचि च्त्च् १६० सि.सि.मोटरसाइकलमा परीवर्तन नम्बर बा.३८.प.२०७५ र चेचिस नं. ढछढज्ञढँण्द्धद्धडण्, ईन्जन नं. ढछव्क्ष्ठभ्ण्द्धढडद्ध, कालो रंगको हिरो होण्डा १०० सि.सि.मोटरसाइकलमा परीवर्तन नम्बर स.८.प.७०३४ प्रयोग गरिएको प्रहरी उपरिक्षक सिंहले बताए । 

प्रतिकृया दिनुहोस