News Category 2074/12/11
दुई अग्निपीडित परिवारलाई धर्मीहल्फाद्वारा राहत प्रदान
राजविराज÷सप्तरीको दुई स्थानका अग्निपीडित परिवारलाई एक सामाजिक संस्थाले विभिन्न सामाग्रिहरु वितरण गरेको छ ।
जिल्लाको तिरहुत गाउपालिका ५ का अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लबले अग्निपीडित परिवार कैलु ठाकुरकी श्रीमतीलाई एक थान कम्बल, झुल, साडी, धोती, तन्ना, थाल, ग्लास, कन्तीर डेक्ची र पन्यु वितरण गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् । सो राहत वितरणका क्रममा नेपाल प्रहरीका सई प्रेम प्रधानको समेत उपस्थिति रहेको थियो ।
चैत १ गते ठाकुरको घरमा आगलागि हुँदा झण्डै २ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । बच्चाहरुले गँहु पोलेर खाने क्रममा अचानक आगलागी हुँदा निजको टिनको छानो, टाटीको बेरा भएको १ तल्ले घर, भान्सा घर र घर भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा र नगद ८० हजार, सुन २ आना र चाँदी २८ तोला जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै छिन्नमस्ता ४ लालापट्टीका अग्निपीडित रामप्रित यादवका परिवारलाई समेत शुक्रबार सोही संस्थाले राहत वितरण गरेको छ ।
संस्थाले पीडित यादवलाई एक थान कम्बल, झुल, साडी, धोती, तन्ना, थाल, ग्लास, कन्तीर डेक्ची र पन्यु वितरण गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए ।
यसअघि पनि उक्त संस्थाले जिल्लाको विभिन्न अग्निपीडित परिवारहरुलाई राहत वितरण गर्दै आइरहेको कार्यलाई निरन्तरता दिइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ