News Category 2074/12/11
भन्सार छलि गरेको विभिन्न सामानहरु बरामद
राजविराज÷सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ भन्सार छली ल्याउदै र लैजादै गरेको अवस्थामा विभिन्न सामाग्रिहरु बरामद गरेको छ । सामानसँगै दुई जनालाई समेत पक्राउ गरेको छ ।
प्रहरीले तिलाठी कोईलाडी १ मा ४८ प्याकेट कबिर छाप खैनी बरामद गरेको छ । साइकलमा ल्याउँदै गरेको खैनीसँगै साईकल समेतलाई प्रहरीले बरामद गरि आवश्यक कारवाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।
यस्तै प्रहरीले भन्सार छली ल्याउँदै गरेको कपडाहरु समेत बरामद गरेको छ । प्रहरीले जिल्लाको बलानबिहुल गाउँपालिका ४ मा ३६ थान जिन्स पाईन्ट, ३ बण्डल कुर्ता, ५ बण्डल कपडा, ब्लाउजको कपडा ३ बण्डल, पाईन्ट सर्टको कपडा, कुर्ताको कपडा ३ बण्डल, सुतिको साडी ५ थान लगायत रहेका छन् ।
यसैगरि प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ लग्दै गरेको डिजल बरामद गरेको छ । जिल्लाको बोदेबरसाईन नगरपालिका ९ मा अबैध रुपमा स१त ६३९७ न.को ट्याक्टरमा लोड गरी एक हजार लिटर डिजल लादै गरेको अवस्थामा प्रहरीले ट्याक्टर, डिजलसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोही नगरपालिका ९ निवासी ईन्दल साह र प्रलाद कुमार यादबलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता बरामद गरिएको डिजल, ट्याक्टर र पक्राउ परेका दुबैजनालाई राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ