News Category 2074/12/12
स्व. सिंहको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम, राजपाद्वारा निर्वाचित प्रतिनिधिहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष तथा मधेशवादका प्रणेता स्व. गजेन्द्रनरायण सिंहको ८९औं जन्मजयन्तीका अवसरमा आईतवार राजविराजमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
स्व. सिंह २०४७ सालमा सद्भावना परिषद हुदै नेपाल सद्भावना पार्टीको गठन गरेका थिए । उनकोे १९९८ सालमा रामनवमीको दिन जन्म भएको थियो ।
सो अवसरमा राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले स्थानीय गजेन्द्र चौकस्थित स्व. सिंहको प्रतिमामा माल्यार्पण र ¥याली निकालेको छ ।
माल्यार्पण र ¥याली पश्चात् स्थानीय जिल्ला समन्वय समितिको सभा कक्षमा राजपाका तर्फवाट स्थानीय तह प्रदेश प्रतिनिधि र राष्ट्रिय सभामा निर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान गरिएको छ ।
सो अवसरमा वक्ताहरुले स्व. सिंहले सुरु गरेकोे अभियान पुरा गर्न सवै ईमान्दारी पुर्वक लाग्नु पर्नेमा जोड दिएका थिए । केन्द्र, प्रदेश र स्थानीय प्रतिनिधिले आपसी समन्वय र सहकार्य गरी विकासलाई प्राथमिक्तामा राख्नु पर्ने उनीहरुले सुझाव समेत दिए ।
त्यस्तै वक्तहरुले सम्वृद्ध मधेश निर्माणका लागि ईमान्दारीपूर्वक काम गर्न नव निर्वाचित पदाधिकारीहरुलाई सचेत गराउँदै मधेश आन्दोलनका प्रणेता स्वर्गीय सिंहले थालेको अभियानलाई पुरा गर्न सके मात्र सच्चा सम्मान हुने वताए ।
राजपा सप्तरीका संयोजक सुनिलकुमार झाको अध्यक्षता तथा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राजपाका अर्का वरिष्ठ उपाध्यक्ष एवं प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, रानी मण्डल, दुलारीदेवी खंग, प्रदेश सभा सदस्य विकेश्वर यादव, नेत्र विक्रम साह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, डाक्नेश्वरी नपाका प्रमुख शिवनारायण साह, हनुमाननगर कंकालिनी नपाका प्रमुख शैलेश साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिस सिंह लगायतका उपस्थिति रहेको थियो ।
त्यस्तै पार्टीका संयुक्त महासचिव सिताराम मण्डल, सहमहासचिव गजेन्द्र मण्डल, केन्द्रिय सदस्य अमरनाथ मण्डल, कपिलदेव यादव, दिनेश यादव, हरेकृष्णप्रसाद सिंह, अमर मण्डल, विशेश्वर रजक, विरेन्द्र साह, विनोद सिंह, कुँवरकान्त मिश्र, निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय झालगायतले स्वर्गीय सिंहको योगदानको चर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ